
मादी ७ सविमा निर्माण भएको घट्टेखोला सवि ट्रष्ट पुलको आज उदघाटन सम्पन्न
मादी गाउँपालिका वडा नं. ७ मा पर्ने सविमा निर्माण भएको घट्टेखोला सवि ट्रष्ट पुलको आज संघीय सांसद तथा पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभयो ।

वर्षौदेखि जीर्ण अवस्थामा रहेको सो पुल अहिले नयाँ प्रविधि मार्फत निर्माण गरिएको हो ।
मादी गाउँपालिकाको २२ लाख ३९ हजार १ सय ८ रुपैयाँ र स्थानिय श्रमदान ५१ हजार ७ सय ५० गरि कुल २२ लाख ९० हजार ८ सय ५७ को लागतमा सो पुल निर्माण सम्पन्न भएको निर्माण समितिका अध्यक्ष बेलबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

पुल निर्माणको लागि स्थानिय टेकबहादुर गुरुङले जग्गा दान गनुभएको थियो । पुल निर्माणको क्रममा नौलो घुम्तीले प्राविधिक सहयोग गरेको थियो ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52