ताजा खबर

मादी ९ मा माघ १६ गतेदेखि चौथो मुग्री मेला हुने

   ७ माघ २०७५, सोमबार १८:१५      1,943 views

कास्कीको मादी गाउँपालिका वडा नं. ९ मा पर्ने मुग्री गाउँमा माघ १६ देखि २२ गतेसम्म चौथो मुग्री मेला आयोजना हुने भएको छ । नभ प्रभात क्लवको आयोजना तथा विन कुमारी स्मृति प्रतिष्ठानको सहकार्यमा ग्रामीण विकास र पर्यटन प्रवद्र्धनको उद्देश्यले मेला आयोजना गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा मेला संयोजक लब्सन गुरुङले जानकारी दिनुभयो ।


माघ १६ गते उद्घाटन हुने मेला अन्तरगत १९ गतेसम्म सेभेन ए साइड फुटबल प्रतियोगिता लगायत विभिन्न खेलकुद कार्यक्रम आयोजना हुने छ भने २० र २१ गते एकल नृत्य प्रतियोगिताको साथमा विभिन्न ख्याती प्राप्त कलाकारहरुको साँस्कृतिक प्रस्तुती हुने छ भने माघ २२ गते समापन कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।


मुग्री गाउँलाई पर्यटकीय होम स्टेको रुपमा विकास गर्न, पर्यटक प्रवेशद्धार निर्माण गर्न, गाउँ चिनारी वृत्तचित्र निर्माण गर्न, गाउँमा खानेपानीको सहज व्यवस्थापन गर्न तथा गाउँमा लोप भई सकेको मौलिक नृत्यहरुको खोज अनुसन्धान गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको मादी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष एवं विन कुमारी गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष तोरण गुरुङले जानकारी दिनुभएको छ ।


खुल्ला रनिङ शिल्ड प्रतियोगिताको विजेता समहुले १ लाख रुपैंया र उप विजेता समुहले ५० हजार रुपैंया नगद पुरस्कार प्राप्त गर्ने भएको छ । यस्तै अनुशासित टिमलाई ३ हजार खुल्ला सामुहिक रसि तान्ने प्रतियोगितामा बिजेताले ८ हजार र उप विजेताले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने भएको छ । यस्तै छेलो बिजेतालाई ५ हजार र उप बिजेतालाई ३ हजार तथा चित्रकला प्रतियोगितामा प्रथमलाई ३ हजार द्धितियलाई एक हजार पाँच सय रुपैंया पुरस्कारको व्यवस्था गरिएको छ ।

यस्तै मेलामा तत्कालिन मिजुरे स्रोत केन्द्र अन्तरगतका उत्कष्ट कृषकलाई नगद ५ हजार र प्रमाणले सम्मान गरिने भएको छ । मेला सम्पन्न गर्न १० लाख ४० हजार रुपैंया खर्च लाग्ने आयोजकले जनाएको छ । नभ प्रभात युवा क्वलका अध्यक्ष सुजन गुरुङको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनको सञ्चालन मेला संयोजक लब्सन गुरुङले गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284