
मानव अधिकार निगरानी समुह गठन तथा परिचयात्मक कार्यक्रम सम्पन्न
स्थानीय समूदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागी जिम्मेवार निकायहरुलाई उत्तरदायी बनाउन पहल कार्यक्रम अन्तरगत मानवअधिकार निगरानी समूह गठन तथा सरोकारवाला र सेवाग्राहीसंग परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

स्याङ्जा स्थित फेदिखोला गाउँपालिकामा आगामी दुइ वर्ष सञ्चालन हुने शिक्षा , स्वास्थ्य र खाद्य अधिकारका लागी जिम्मेवार निकायहरुलाई उत्तरदायी बनाउन पहल कार्यक्रम शुभारम्भका अवसरमा आयोजित उक्त कार्यक्रम ११ सदस्यीय मानवअधिकार निगरानी समुह गठन गरिएको छ ।
कार्यक्रममा बोल्दै फेदिखोला गाउँपालिका अध्यक्ष घनश्याम सुबेदीले यो कार्यक्रमले सेवाग्राही र स्थानीय सरकारको बिचमा पुलको काम गर्ने अपेक्षा राखेको बताए । ‘मानवअधिकार निगरानी समुहले पुलको काम गर्नेछ , हाम्रा कमि कमजोरीलाई औल्याउँदै जनताका सेवामा सहजता ल्याउन भूमिका खेल्ने विश्वास लिएको छु’ उनले भने । फेदीखोला गाउँपालिका उपाध्यक्ष देबी थापाले मानवअधिकार निगरानी समुहले जनप्रतिनिधि र सरोकारवालालाई सजग गराउने विश्वास व्यक्त गरिन् ।
उनले आर्थिक,सामाजिक र सांस्कृतिक अधिकारका विषयमा निगरानी समुहसंगै रहेर काम गर्ने प्रतिवद्धता जनाइन् । कार्यकारी प्रमुख छत्रबहादुर अधिकारीले इन्सेकद्धारा संचालित यस कार्यक्रमले योजना निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

इन्सेक गण्डकी प्रदेश संंयोजक शिव प्रसाद खकुरेलले यस कार्यक्रमले जनताका आर्थिक , सामाजिक र सांस्कृतिक अधिकारहरु प्रत्याभूत गराउन महत्वपूर्ण भुमिका खेल्ने बताए ।
उनले दुई वर्षे कार्यक्रमका क्रममा इन्सेक , गाउँपालिका र मानवअधिकार निगरानी समुहको सहकार्यले फेदिखोला गाउँपािलका लाई मानवअधिकार मैत्री बनाउदैं लक्ष्य अनुसारको उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26