ताजा खबर

मिलन फाउन्डेशनद्धारा तमू सञ्चारकर्मीलाई ३१ थान प्रेस ज्याकेट र १० हजार आर्थिक सहयोग

   ६ असार २०७७, शनिबार २०:१७      1,269 views

मिलन फाउन्डेशन नेपालद्धारा तमू सञ्चारकर्मीहरुलाई ३१ थान प्रेस ज्याकेट प्रदान गरिएको छ ।

कोरोना महामारीको बेलामा कार्यक्षेत्रमा खटिएर रिपोर्टिङ गर्ने तमू पत्रकारहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले सो ज्याकेट प्रदान गरिएको फाउन्डेशनले जनाएको छ । प्रदान गरिएको ज्याकेट २२ हजार ५ सय बराबरको रहेको छ ।

आज तमू सञ्चारकर्मीहरुलाई ज्याकेट प्रदान गर्दै फाउन्डेशनकी कार्यबाहक अध्यक्ष देवी गुरुङले स्थापनाकालदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा सक्रिय रहेको फाउन्डेशनले तमू पत्रकारहरुलाई प्रेस ज्याकेट उपलब्ध गराउन पाउँदा ज्यादै खुशी लागेको भन्दै आउने दिनमा फाउन्डेशनको हरेक कार्यक्रमहरुमा तमू सञ्चारकर्मीहरुसँग सहकार्य गर्दै जाने बताउनुभयो ।

ज्याकेट ग्रहण गर्दै तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालकी महासचिव रोशनी गुरुङले मिलन फाउन्डेशनले सामाजिक क्षेत्रमा गर्दै आएको काम अत्यन्तै सह्रनीय रहेको भन्दै फाउन्डेशनप्रति आभार व्यक्त गर्नुभयो ।

फाउन्डेशनका संस्थापक हाल हङकङ निवासी समाजसेवी दुर्गा गुरुङ (मिलन) ले विशुद्ध आफनो पसिनाको कमाईबाट कसैसँग एक रुपैंयाँ पनि सहयोग नलिइ गर्दै आएको सामाजिक कार्य आफैमा प्रशंसानिय रहेको उहाँले बताउनुभयो ।


ज्याकेट ग्रहण कार्यक्रममा तमू सञ्चारकर्मी संघका महासचिव रोशनी गुरुङ, केन्द्रिय सदस्यहरु मणिलाल गुरुङ, खिमा गुरुङ र किरण गुरुङको सहभागिता रहेको थियो ।


फाउन्डेशनका कार्यबाहक अध्यक्ष देवी गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम फाउन्डेशनकी संरक्षक तथा दुर्गा मिलन गुरुङकी आमा सावित्री गुरुङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।


फाउन्डेशनका कार्यक्रम संयोजक हितकाजी गुरुङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम सचिव मदन गुरुङले सञ्चालन गर्नुभएको थियो ।

तमू सञ्चारकर्मी केन्द्रिय समितिलाई प्राप्त भएको ३१ थान ज्याकेट मध्ये आजै समितिले कास्की जिल्ला समितिलाई १५ थान प्रदान गरेको छ । तमू सञ्चारकर्मी संघ कास्कीका सचिव सुरज गुरुङलाई सो ज्याकेट प्रदान गरिएको हो ।


यसैबीच आजै तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले स्थापना गरेको आपतकालीन राहतकोषमा ज्याकेटका सौजन्य दाता मिलन फाउन्डेशनले नगद १० हजार रुपैंयाँ प्रदान गरेको छ भने सोही कोषमा फाउन्डेशनकी कार्यबाहक अध्यक्ष देवी गुरुङले ५ हजार र फाउन्डेशनका कार्यक्रम संयोजक हितकाजी गुरुङले पनि ५ हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।

मिलन फाउन्डेशनले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीलाई पनि कोरोना महामारीको बेला सुरक्ष सामग्री खरिद गर्नका लागि नगद २५ हजार प्रदान गरेको छ भने यसअघि पनि फाउन्डेशनले फोनिज गण्डकीलाई ५० हजार रुपंैयाँ आर्थिक सहयोग गरेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284