मिलन फाउन्डेशन नेपाल र मिलन डिजी इन्टरनेशनलद्धारा युवा समाजसेवी मनु कोन्मे तमूलाई सम्मान
मिलन फाउन्डेशन नेपाल र मिलन डिजी इन्टरनेशनल नेपालले आज एक कार्यक्रमको आयोजना गरि तमू समाज युएईका प्रवक्त एवम् फोनिज युएईका सचिव मानसिंह गुरुङ (मनु कोन्मे) लाई सम्मान गरेको छ ।

विभिन्न सोसल मिडियाहरु मार्फत प्रवासको सामाजिक गतिविधिहरु पत्रकारिताको माध्यमबाट सम्प्रेषण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको र सामाजिक क्षेत्रमा अमुल्य योगदान पुरयाएको भन्दै उक्त संस्थाले सम्मान कार्यक्रम आयोजना गरेको हो ।
मिलन फाउन्डेशन नेपालका संरक्षक युवासमाजसेवी दुर्गा मिलन गुरुङकी ममतामयी आमा एवम् मिलन डिजी इन्टरनेशनलका प्रमुख संरक्षक सावित्रीकुमारी गुरुङको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा सम्मानित व्यक्तित्व मनु कोन्मे तमूलाई मायाको चिनो, क्रेगी, खादा र मिलन फाउन्डेशनको लोगो अंकित टिर्सट उपहार प्रदान गरि सम्मान गरिएको थियो ।
सम्मान ग्रहण पश्चायत बोल्नुहुँदै सम्मानित व्यक्तित्व मनु कोन्मे तमूले आफूले प्रवासमा गरेको कामको मुल्याङकन स्वदेशमा हुँदा खुसी लागेको बताउनुभयो ।
आफनो छोटो पोखरा बसाईका क्रममा पोखराका थुप्रै तमू संघ संस्थाले सम्मान गरेको भन्दै सबैप्रति आभार व्यक्तगर्नुभयो ।

कार्यक्रममा जिफानका अध्यक्ष भोजबहादुर गुरुङ, तमू ह्युल छोंज धिका केन्द्रिय सदस्य विष्णु गुरुङ, रेडियो गोर्खालीका स्टेशन म्यानेजर खिमा गुरुङ सञ्चारकर्मीद्धय रोशनी गुरुङ र बालकाशी गुरुङ एवम् मिलन डिजी इन्टरनेशनलका कार्यालय सचिव यानी गुरुङ लगायतको उपस्थिती रहेको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38