
मिलन बहुउद्देश्यीय महिला समूहलाई समाजसेवी दुर्गा गुरुङद्धारा वाद्यवादन सामग्री सहयोग
समाजसेवी दुर्गा गुरुङ “मिलन”ले मिलन बहुउद्देश्यीय महिला कृषक समूह, मोदी गाउँपालिका वडा नं. ५, बाजुङ, पर्वतलाई वाद्यवादन सामग्री सहयोग गर्नुभएको छ ।

विभिन्न शुभ कार्यमा भजनकीर्तन तथा नाचगानका लागि आवश्यक पर्ने वाद्यवादन सामग्री समाजसेवी गुरुङले महिला समूहलाई सहयोग गर्नुभएको हो ।
सो महिला कृषक समूहले महाशिवरात्री पर्वका अवसरमा ॐकारेश्वर शिव मन्दिरमा आयोजित विशेष कार्यक्रममा वाद्यवादन सामग्री हस्तान्तरण गरिएको हो । मिलन ट्रष्टकी संरक्षक सावित्रीकुमारी गुरुङले महिला कृषक समूहकी अध्यक्ष विष्णुमाया अधिकारीलाई वाद्यवादन सामग्री हस्तान्तरण गर्नुभयो ।
त्यस्तै, समाजसेवी गुरुङले शिव मन्दिरका पुजारी वृद्धनाथ योगीलाई पुजारी पोशाक समेत हस्तान्तरण गर्नुभएको छ ।

समूहका सल्लाहकार अमर अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा शिव मन्दिरलाई समूहको तर्फबाट आर्थिक सहयोग समेत हस्तान्तरण गरिएको थियो । सो शिव मन्दिरको पुनर्निर्माणको परिकल्पना एवं अगुवाइ समाजसेवी दुर्गा गुरुङ “मिलन”ले गर्नुभएको थियो ।
हालै गठन भएको महिला कृषक समूहले दुई सातासम्म सरसफाइ अभियान समेत सञ्चालन गरेको थियो ।
आजको खबर
Follow Us

गण्डकीमा सरकारी कामकाजमा गुरुङ र मगर भाषालाई मान्यता
२५ असार २०८२, बुधबार १३:३१

यस वर्षको राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार पत्रकार रुद्र श्रीस मगरलाई
२५ असार २०८२, बुधबार १९:५८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38