ताजा खबर

मिसेस गुरुङ प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण

   २३ श्रावण २०७६, बिहीबार ०९:०५      1,818 views

गत साउन ४ गते पोखरामा सम्पन्न भएको तेस्रो हिरो मिसेस गुरुङ २०७६ का बिजेताहरुलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ ।

आयोजक संस्था नाल्मा तमू समाज पोखराले चिप्लेढुंगा स्थित दि भिलेज पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा मिसेस गुरुङकी बिजेता रबिता गुरुङलाई हिरो स्कुटर प्रदान गरिएको छ भने फष्ट रनरअप सम्झना गुरुङलाई वासिङ मेसिन र सेकेन्ड रनरअप तनु गुरुङलाई सिजीको फ्रजी प्रदान गरिएको छ भने अन्य सव टाइटल बिजेताहरुलाई पनि विभिन्न पुरस्कारहरु प्रदान गरिएको छ ।
कार्यक्रमका प्रबन्ध निर्देशक पवी गुरुङले कार्यक्रमको सुरुदेखि अन्तसम्म साथ दिने र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रमका सह संयोजक ममता गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रम नाल्मा तमू समाजका कोषाध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रथम मिसेस गुरुङ चन्द्र गुरुङ, कार्यक्रम संयोजक तथा दोस्रो मिसेस गुरुङ निशा गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284