ताजा खबर

मिस तामाङको उपाधी कुसुमलाई

   १३ माघ २०७५, आईतवार १५:१८      2,564 views

मिस तामाङ्ग पोखराको उपाधी बिरौटाका कुसुम तामाङले जितेकी छिन् । प्रमुख निर्णायक कलाकार तथा पाइलट विजय लामाले राष्ट्रिय गानको एक अंश ‘बहुल जाती भाषा धर्म संस्कृति छन् विशाल’ वाक्यंशले के पुष्टी गर्छ भन्ने प्रश्नको उत्तरले निर्णायकको मन जितेको थियो । विजेता कुसुमले बेस्ट पर्सनालिटी टाइटल पनि जितिन् ।

उनले नगद ५० हजार पुरस्कार, ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन् । उनले म्युजिक भिडियोमा अभिनयको अवसर पनि प्राप्त गर्नेछन । उनलाई प्रमुख निर्णायक लामाले पुरस्कृत गरेका थिए भने मिस तामाङ पोखराका २०१८ का विजेता कविता योञ्जनले क्राउन लगाइदिएका थिए ।

नालामुखका प्रिती तामाङ मिस कन्फिडेण्टको टाइटलसंगै फस्ट रनरअप भइन् । उनले नगद ३० हजार सहित ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गरिन् ।

रामेछापका सजना वाइवा मिस ट्यालेण्टको टाइटलसंगै सेकेण्ड रनरअप बनिन् । उनले नगद २० हजार रुपैयाँ पुरस्कार, ताज, ट्रफी, प्रमाणपत्र हात पारिन । लामागाउँका श्वेता पाख्रिनले मिस पपुलरको टाइटलसंगै भ्युवर्स च्वाइस अवार्ड हात पारिन् । उनले नगद १५ हजारले पुरस्कार प्राप्त गरिन् ।


यसैगरि बिरौटाका सुस्मा लोप्चान मिस कल्चर, बाटुलेचौरका सोफिया स्याङबो मिस पंक्च्युवल, काठमाण्डौका जेमिना घिसिङ मिस फ्रेण्ड्ली, घारीपाटनका रिस्ता घिसिङ मिस डिसिप्लिन, रत्नचोकका अमृता तामाङ मिस फोटोजेनिक, एयरपोर्टका अस्मिता तामाङ बेस्ट वक,

काठमाण्डौका रिता लोप्चान बेस्ट स्माइल, लेकसाइडका मिनु थोकर बेस्ट पर्फमेन्स, पोखरा बुद्धचोकका सोनी तामाङ ब्युटी विथ पर्पोज, सृजनाचोकका आशा तामाङले बेस्ट हेयरको टाइटल जित्न सफल भइन । प्रतियोगितामा देशभरबाट तामाङ समुदायको १४ जना युवती सहभागी थिए ।



साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284