ताजा खबर

मिस तामाङको तयारी अन्तिम चरणमा

   ८ माघ २०७५, मंगलवार १९:०२      1,348 views

बैदाम तामाङ समाज पोखराको आयोजनामा माघ १२ गते शनिबार हुने ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखराको तयारी अन्तिम चरणमा पुगेको छ ।

२८५५ औ सोनाम ल्होसारको अवसरमा आयोजित कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ । ‘बढ्दो आधुनिकीकरण तथा पश्चिमीकरणले गर्दा मौलिक भाषा, संस्कार र संस्कृतिहरु धरापमा परि लोप हुने अवस्थामा पुगेको सन्दर्भमा भाषा, संस्कार र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्न तथा अनन्तकाल सम्म जिवन्त वनाइराख्न पनि यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्नेमा हामी विश्वस्त छौं’ पत्रकार सम्मलेनमा बोल्दै समाजका अध्यक्ष ज्याक तामाङ्गले भने ‘अगाडीका संस्करणमा सहभागी नानीहरुले आफ्नो जाती, भाषा, संस्कार र संस्कृतिमा देखाएको चासो र जिम्मेवारीले पनि हामी हाम्रो उद्देश्यमा सफल भएका छौं भन्ने हामीले ठानेका छौं’ ।

प्रतियोगितामा देशभरबाट १४ जना तामाङ समुदायका युवतीहरु प्रतिस्पर्धीका रुपमा सहभागी छन् । सहभागीहरुमा काठमाण्डौका रिता लोप्चान, पोखरा बुद्धचोकका सोनी तामाङ, विरौटाका कुसुम तामाङ, बाटुलेचौरका सोफिया स्याङबो, बिरौटाका सुस्मा लोप्चान, लामागाउँका श्वेता पाख्रिन, सृजनाचोकका आशा तामाङ, एयरपोर्टका अस्मिता तामाङ, घारीपाटनका रिस्ता घिसिङ, काठमाण्डौका जेमिना घिसिङ, रामेछापका सजना वाइवा, रत्नचोकका अमृता तामाङ, लेकसाइडका मिनु थोकर र नालामुखका प्रिती तामाङ रहेका छन् । प्रतियोगीहरुलाई बिभिन्न तालिमहरु प्रदान गरिएको आयोजकले जनाएको छ ।

तालिममा नेपाली चलचित्रका महानायक राजेश हमाल, कलाकारहरु सन्दिप क्षेत्री, हरिहर अधिकारी, जिपी तिमिल्सिनाले सहजीकरण गरेका थिए । यसैगरि गायक राजु लामा, गायिका तृष्णा गुरुङ्ग लगायतले समेत तालिम प्रदान गरेका थिए ।

तालिममा प्रतियोगीहरुलाई तामाङ्ग भाषा, संस्कार, परम्परा, भेषभुषा, रहनसहन तथा धर्मका विषयमा जानकारी प्रदान गरिनुका साथै व्यक्तित्व, नेतृत्व विकास, सार्वजनिक भाषणकला, महिला सशक्तिकरण, सकारात्मक सोँच, आत्मरक्षाका विषयमा पनि प्रशिक्षण गराइएको कार्यक्रम संयोजक जयन्ती मोक्तानले जानकारी दिए । कार्यक्रमबाट बचत रकम लेकसाइडमा निर्माणधिन रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने बताइएको छ ।

ग्राण्ड फिनाले अन्र्तराष्ट्रिय तामाङ परिषदका अध्यक्ष केएम तितुङको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ । कलाकार तथा बरिष्ठ पाइलट विजय लामा, प्रशान्त ताम्राकार कार्यक्रमको आकर्षण रहने छ ।

मिस तामाङ पोखरा २०१९ की बिजेतालाई ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजकले जनाएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284