मुक्तककार सरुको ‘भिरको फूल’ लोकार्पण
मुक्तककार सरला लामिछाने ‘सरू’को पहिलो कृति ‘भिरको फूल’ मुक्तक सङ्ग्रह शनिबार पोखरामा लोकार्पण गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त श्रेष्ठ सहित बरिष्ठ लोक गायिका हरिदेवी कोइराला, बिम्बकवी रमेश श्रेष्ठ लगायतले कृति लोकार्पण गरेका हुन् ।

मुक्तक मञ्च केन्द्रीय समिति नेपालको आयोजनामा भएको सो कार्यक्रममा बोल्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले रचनाकारलाई शुभकामना दिदैं सरुले अहिले अन्तिम समयमा नेपाली मुक्तक परम्परामा भित्रिएको नवीन शैलीलाई पछ्याउँदै उक्त परम्परालाई निरन्तरता दिएकोमा खुसी व्यक्त गर्नुभयो ।
लोक गायिका कोइरालाले नेपाली साहित्य विधामा मुक्तक लोकप्रिय बन्दै गएको बताउँदै साहित्यिक जगको रुपमा उभ्याउन सफल पोखरामा सरुको मुक्तक संग्रहले थप उचाइ थपेको बताइन् । शारीरिक, मानसिक बन्धनलाई पार गरेर साहित्यमा डुबेर सृजना गर्नु महिला लेखिकाहरुको लागि ठुलो चुनौति रहेको बताउँदै संघर्षको पहाडलाई आत्मसाथ गर्दै कृति सृजना गरेकोमा बधाइ तथा शुभकामना दिइन् ।
बिम्बकवि श्रेष्ठले कविता र मुक्तकले कृतिकारको बाँकी जीवनलाई अगुवाई गर्ने उल्लेख गर्दै निरन्तर साहित्य सिर्जनामा लाग्न आग्रह गरे ।
कार्यक्रममा साहित्यकार लक्ष्मी थापा र शिव सङ्कल्पले मुक्तक सङ्ग्रहको समीक्षा गरेका थिए भने स्रष्टा परिचय मुक्तक मञ्चका पूर्व अध्यक्ष कृष्ण देवकोटा गरेका थिए । मुक्तककार अनिता दाहाल, भरतराज पौडेल, प्राञ्जल, के आर ढकालले सङ्ग्रहमा रहेको मुक्तक वाचन गरे ।

कार्यक्रममा बोल्दै स्रष्टा सरूले १८ वर्ष अघिदेखिका आफ्नो जीवनका अनुभूतिहरू समेटेर मुक्तक सङ्ग्रह तयार पारेको बताउँदै मुक्तक पढेर सुझाव दिन सबैलाई आग्रह गरिन् । किताब प्रकाशनको काम झन्झटिलो प्रक्रिया भएको अनुभव सुनाउँदै यसका लागि साथ र सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् । निवर्तमान अध्यक्ष तथा सल्लाहकार रामजी प्रसाद आचार्य र सदस्य श्रद्धा आचार्यले सहजीकरण गरेको कार्यक्रम मुक्तक मञ्चका अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा भएको हो । मञ्चका सदस्य सुष्मा अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38