
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्धारा इदीखोलामा पक्की पुल शिलान्यास
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कास्कीको मादी गाउँपालिकामा पर्ने इदीखोलामा आज इदीखोला मोटरेबल पुल शिलान्यास गर्नुभएको छ ।

४ करोड ४२ लाख १७ हजार ६३ रुपैंयाँको लागतमा बन्ने पुल २०७८ साल साउन २१ गतेभित्र निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको छ ।

पुल ३१ दशमलव २ मिटर लम्बाइको हुनेछ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय कास्कीले प्रिस्ट्रेस्ड बिम प्रविधिद्धारा यो पुल निर्माण गर्नेछ ।
मादी गाउँपालिकाले आजै इदीखोला सहित वार्दीखोला र मकैखोलामा समेत गरि तीन ठाउँमा पक्की पुलको शिलान्यास गर्ने कार्यक्रम रहेको मादी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण सापकोटाले जानकारी दिनुभयो ।
उस्तै खबर





Good https://is.gd/N1ikS2
Written by Brayden4093 2025-04-30 19:12:25