
मृगौला रोगी बुद्धिबहादुरलाई सिक्लेस पार्चे कल्याणकोष बेल्जियमको सहयोग, हालसम्म ८ लाख सङ्कलन
कास्कीको मादी गाउँपालिका सिक्लेस निवासी स्थानिय विद्युत व्यवस्थापन उप–समितिका अध्यक्ष तथा युवा समाजसेवी बुद्धिबहादुर गुरुङको उपचारका लागि विभिन्न व्यक्ति तथा संघ संस्थाबाट सहयोग रकम आउने क्रम जारी रहेको छ ।

गुरुङको दुवै मृगौलाले काम गर्न छोडेपछि अहिले पोखराको गण्डकी मेडिकल कलेजमा उपचार गराई रहनु भएको छ ।
यसैबीच पछिल्लो समय उहाँको उपचारमा सहयोग गर्न सिक्लेस पार्चे कल्याणकोष बेल्जियमको तर्फबाट नगद २ लाख ४४ हजार २ सय रुपैंया प्रदान गरिएको छ ।
कोषका सचिव जितबहादुर गुरुङले सो रकम बुद्धिबहादुर गुरुङ बचाउ अभियानका संयोजक तथा अन्नपूर्ण मा.वि. सिक्लेसका शिक्षक गेहेन्द्र गुरुङ र मादी १ का जनप्रतिनिधि भिमबहादुर गुरुङ लगायत समितिलाई हस्तान्तरण गरिएको संयोजक गेहेन्द्र गुरुङले जानकारी दिनुभयो ।

यसअघि सो अभिायन मार्फत समितिलाई सिक्लेसको गैरीथर टोलबाट १ लाख २० हजार, ङोसै चेलीबेटीबाट ५० हजार तथा विभिन्न व्यक्ति र संघ संस्थाबाट गरि हालसम्म ८ लाख रुपैंया प्राप्त भई सकेको छ भने देश तथा विदेशबाट सहयोग रकम आउने क्रम तीव्र गतिमा अघि बढेको समेत समितिले जनाएको छ ।
उस्तै खबर





Awesome https://is.gd/N1ikS2
Written by Helena2828 2025-04-29 23:35:08