ताजा खबर

मेलिना राईले क्रिसमसका दिन कल्चर रिसोर्टमा प्रस्तुती दिने

   ७ पुष २०७५, शनिबार ०७:०२      2,452 views

पोखराको सेदीमा अवस्थित कल्चर रिसोर्टले क्रिसमसको अवसर पारेर विशेष सांगितिक कार्यक्रम गर्ने भएको छ । २५ डिसेम्बर अर्थात पौष १० गते रिसोर्टको प्राङ्गणमा कार्यक्रम हुने रिसोर्टका प्रबन्ध निर्देशक प्रकाश कार्कीले बताए । खाना र मनोरञ्जन एक साथ पस्कदै पारिवारिक माहौलमा ग्राहकलाई सन्तुष्टी प्रदान गर्न कार्यक्रम गर्न लागिएको कार्कीले बताए ।


कार्यक्रममा ख्यातीप्राप्त गायिका मेलिना राई, कमेडियन राजा राजेन्द्र पोखरेल लगायतका कलाकारहरुको प्रस्तुती रहने रिसोर्टका प्रबन्धक सोभित ठकुरीले जानकारी दिए । उक्त अवसर पोखरा म्युजिकल ग्रुपको साँस्कृतिक सांगितक कार्यक्रम पनि आकर्षण रहने भएको छ । साथै एसओएसमा अध्ययनरत छात्राहरुको सारङ्गी बादन पनि कार्यक्रममा समाबेश गरिने रेशम कुमालले बताए । कार्यक्रममा प्रबेशका लागि उक्त दिन ७ सय रुपैया प्रबेश शुल्क तोकिएको छ । अग्रिम बुकिङ गर्नेहरुले रु ५ सयमा उक्त टिकट प्राप्त गर्न सक्नेछन् । टिकटमा पेय पद्धार्थ प्रदान गरिने प्रबन्धक ठकुरीले जानकारी दिए ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284