ताजा खबर

मैत्रिपूर्ण क्रिकेटमा नेपाल खेलकुद पत्रकार मंच गण्डकी पर्यटन बोर्ड संग पराजित

   १७ चैत्र २०७५, आईतवार १०:४४      3,074 views

“खेल मार्फत पर्यटन” आन्तरिक पर्यटन वर्ष २०१९ सफल पारौं भन्ने मुल उद्धेश्यका साथ आयोजित मैत्रीपूर्ण क्रिकेटमा नेपाल पर्यटन बोर्ड टिमले नेपाल खेलकुद पत्रकार मंच गण्डकी प्रदेशलाई ११ रनले पराजित गरेको छ ।

मौसमका कारण १५–१५ ओभरमा झारिएको खेलमा पहिलो व्याटिङ गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले निर्धारित १५ ओभरमा ९ विकेटको क्षतीमा १०५ रन बनाएको थियो । १०५ रनको लक्ष्य पछ्याउन मैदान छिरेको मंचले १५ ओभर खेल्दै ९४ रन मात्रै बनाउन सक्यो ।


प्रतियोगितामा ओपनिङका लागि मैदान छिरेका गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङले चार बलको सामना गर्दै २ रन बनाए । मन्त्रि गुरुङ मन क्षेत्रीको बलमा धरापमा पर्दै पेभिलिएन फर्के । उनलाई विकेट किपर सुशान्त गाहा मगरले क्याच लिए ।

मन्त्रि गुरुङ संङै मैदान प्रबेश गरेका नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रबन्धक सूर्य थपलियाले २ छक्का र १ चौकाको मद्धतले व्यक्तिगत १६ रनको योगदान दिए । पर्यटन बोर्ड सम्मिलित टिमका तर्फ बाट सर्वाधिक प्रदिप राउतले नट आउट रहुँदै ३२ रन जोडे ।


पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष दिपक गोदार, क्रिकेट संघका निकेश श्रेष्ठले कुनै रन जोडन सकेनन । उनीहरु सबै शुन्य रनमा पेभिलियन फर्के । बोर्ड सम्मिलितका तर्फ बाट रिजन प्रजुले २१, गोपाल भण्डारीले ३, सन्तोष सुवेदीले १० र सञ्जय कान्त सिग्देलले ०१ रन मात्रै बनाए ।

खेलमा शुसान्त गाहा मगरले २३ बलको सामान गर्दै २९ रन बनाउँदा मंच जित तर्फ लम्केको थियो । तर उनी विनयको बलमा आउट भए । खेलमा सुजन पौडेलले १६, लोकेन्द्र ढकालले ६, उमेश पुनले २ रन बाहेक अन्यले रन जोड्न सकेनन । भरपर्दा खेलाडी मन क्षेत्री हिट स्टम्प हुँदै शुन्यमा आउट भए भने विजय नेपाली र सागर राज तिमिल्सिना शुन्य रनमा नट आउट रहे ।

????????????????????????????????????

पर्यटन बोर्डको तर्फ बाट सञ्जय कान्त सिग्देल र रिजन प्रजुले आफ्नो ३ ओभरको स्पेलमा २–२ विकेट हात पारे भने जिल्लमी गुरुङ र बिनयले समान १–१ विकेट लिए ।


यस अघि प्रतियोगिताको शुभारम्भ गर्दै आर्थिक मामिला तथा योजना मन्त्रि गुरुङले प्रदेश सरकारले क्रिकेट खेल बिकासका लागि आफ्नो योजनाका साथ अघि बढेको बताए । उनले प्रदेशलाई खेलकुदको माध्यम बाट पर्यटनको बिकासका लागि प्रतिवद्ध रहेको समेत बताए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284