ताजा खबर

म्याराथन सफल बनाउन पोखरामा ‘च्यारिटी डिनर’ भब्य रुपमा सम्पन्न

   ७ पुष २०७५, शनिबार २०:५१      2,927 views

भूतपूर्ब खेलाडी मंच नेपालले यहि फागुन ७ गते आयोजना गर्ने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” सफल बनाउन आफ्ना अजिबन सदस्य तथा सहयोगी संस्थाका बिच च्यारिटी डिनर कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

खेलकुदको कार्यक्रम सफल बनाउन सम्भवतः पहिलो पटक पोखरामा आयोजना गरिएको च्यारिटी डिनरमा मंचका आजिवन सदस्यहरु तथा सहयोगी संस्थाका गरि करिब १ सय १० जनाको सहभागिता रहेको थियो । मंचले पहिलो पटक आयोजना गरेको उ्रक्त च्यारिटी डिनर कार्यक्रम बाट करिब ३६ हजार रुपैया बचत गर्न सफल रहेको छ ।
पोखरास्थित मुगलान रेष्टुरेन्टमा सम्पन्न च्यारिटी डिनरमा विभिन्न सांगेतिक कार्यक्रम, राफल चिट्ठा कार्यक्रम र ‘गिनिज बुक्स अफ रेकर्ड’ मा १७ वटा विद्यामा नाम लेखाई सकेका थानेश्वर गुरागाईले आफ्ना प्रस्तुतीहरु दिएका थिए ।
कार्यक्रममा “हामी उठ्ने छौ” नामको संस्थाका तर्फबाट अध्यक्ष तुलसी गुरुङले “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” सफल बनाउन प्रथम पुरुस्कार संस्थाका तर्फ बाट प्रदान गर्ने घोषणा गरेका थिए । कार्यक्रममा मंचका सल्लाहकार संयोजक तथा समाजसेबी मेजर दिल बहादुर गुरुङ हालै इटालीको रोममा अन्तर्राष्ट्रिय अर्वाड ‘इन्टरनेशनल भोलिन्टियरी ग्लोबल अवार्ड’ बाट प्राप्त गर्न सफल रहेकोमा उनलाई सोही कार्यक्रममा सम्मानपत्र द्वारा मंचले सम्मान गरेको थियो ।
कार्यक्रममा बोल्दै मंचका अध्यक्ष तेज गुरुङले मंचका अजिवन सदस्यका विच सम्वन्धलाई थप प्रगाढ बनाउन च्यारिटी डिनर कार्यक्रम सफल भएको बताए । मंचको नेतृत्वमा पोखरा रंगशालाको पर्खाल निर्माणका गर्न नागरिक समाजको ठूलो भूमिका रहेको बताउँदै म्याराथनलाई सफल बनाउन पनि सबैको साथ र सहयोग पाउने विश्वास व्यक्त गरे ।

‘हामी उठ्ने छौं’ का अध्यक्ष एवम पूर्व राष्ट्रिय खेलाडी तुलसी गुरुङले आफ्नो संस्थाको परिचय गराउँदै पोखरा विश्वकै सुन्दर ठाउँ भएकोले पनि पोखरा म्याराथनमा अन्तर्राष्ट्रिय स्तरका धावकहरुलाई निम्त्याउन आफूले सक्दो पहल गर्ने बताए । उनले भने–“हामी नेपाली जहाँ भए पनि एक छौं र यहि सुमधुर सम्वन्धलेनै कुनै पनि कार्यक्रम गर्न सहजता हुनेछ” उनले थप भने–“विश्वमा पोखरालाई खेलकुद शहरको रुपमा चिनाउन र पोखरा म्याराथनलाई एशियामानै उत्कृष्ट बनाउन सबैको साथ आवश्यक छ ।”
कार्यक्रममा मंचका सल्लाहकारहरु विश्व मोहन गौचन, वरिष्ठ पत्रकार नारायण कार्की, अशोक पालिखे, डा. विरेन्द्र सिंह गुरुङ, गणेश भट्टराई जयराम हमालको उपस्थिती रहेको थियो ।
त्यस्तै वरिष्ठ फोटो पत्रकार बिकास रौनियार, कान्तिपुर साप्तहिकका सह–सम्पादक मुकुन्द बोगोटी, ‘हामी उठ्ने छौं’का प्रवन्ध निर्देशक निर्मल श्रेष्ठ, सुजुकीका प्रवन्ध निर्देशक अनुप कुमार बराल, गैर आवाशिय नेपाली संघ यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, तेक्वान्दो गण्डकी प्रदेशका अध्यक्ष जगन गुरुङ, पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरत पराजुली, प्राज्ञ रमेश श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा गरिएको राफल चिठ्ठाका लागि प्राज्ञ श्रेष्ठले २ थान र वरिष्ठ कलाकार गोपाल श्रेष्ठले श्रेष्ठ आर्टस्का तर्फ बाट एक थान चित्रकला सौजन्य प्रदान गरेका थिए । कार्यक्रममा प्राज्ञ रमेश श्रेष्ठ, मंचका संस्थापक अध्यक्ष खड्ग रानाभाट लगाएतले पोखरा म्याराथन सफल बनाउन सबैको सहयोगका लागि आह्वान गरेका थिए । भूतपूर्व खेलाडी मंच नेपालमा हाल १ सय ८० जना अजिवन सदस्यहरु रहेका छन । कार्यक्रममा मंचका स्वार्गारोहण भएका सदस्यहरुमा सम्मान प्रकट गरिएको थियो । स्मरिणय के छ भने केही दिन अघि मात्रै पोखरेली मंच यूकेले बेलायतमा आयोजना गरेको च्यारिटी डिनरमा १५ लाख भन्दा वढी संकलन भएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284