
म्ले क्यु के हो ? यो चलचित्र किन हेर्ने ? के छ यसभित्र ? के भन्नु हुन्छ त ई. रोशन गुरुङ
ई. रोशन गुरुङ

. रोशन गुरुङ म्ले चलचित्रका कथाकार हुन
गुरुङ चलचित्र म्ले क्यु अहिले प्रदर्शनको क्रममा छ । यो चलचित्रको लेखक हुनुको नाताले दर्शकहरुमाझ केही कुरा स्पष्ट गर्न चाहन्छु । चलचित्रको पटकथा तयार गर्न मलाई तीन वर्ष नै लाग्यो । कथावस्तु अलि फरक छ । जटिल छ । यसमा symbolism प्रयोग गरिएको छ । म्ले क्यु को तीन ओटा symbolic meaning हरु छन् । अथवा तीनओटा अर्थहरु छन् । प्रत्येक अर्थहरुसंग फिल्मको सन्देशहरु जोडिएका छन् ।
१। पहिलो अर्थ ः Ethnographic इथ्नोग्राफिक book हो । अथवा म्ले क्यु भनेको गुरुङ संस्कृतिबारे लेखिएको किताबको नाम हो ।
२। दोस्रो अर्थ ः बिर्साउने पानी हो । म्ले क्यु भनेको पितृहरुलाई घरपरिवार बिर्साउने खुवाइने पानी हो ।
३। तेस्रो अर्थ ः पैसा हो ।
म्ले क्युका यिनै फरक symbolic meaning हरुले एक अर्कालाई intersect गर्न खोज्छन् । यसरी intersect गर्दा गुरुङ समुदायको सन्दर्भमा जुन खालको परिस्थिति पैदा हुन्छ, त्यो नै म्ले क्यु चलचित्र हो । यो चलचित्रले गुरुङ समुदायलाई के–कस्तो सन्देशहरु दिन खोजेको छ, यसबारे थोरै प्रष्ट पार्न चाहन्छु ।
पहिलो सन्देश
म्ले क्युको पहिलो सन्देश पहिलो अर्थसंग सम्बन्धित छ । पहिलो अर्थ हो– ethnopgraphic किताब । Ethnography भनेको कुनै पनि समुदायको संस्कृतिबारे त्यही समुदायमा लामो समय बसेर गरिने अध्ययन हो । अनुसन्धान हो । जस्तै विदेशीहरु नेपालमा लामो समय बसेर विभिन्न जात–जातिका संस्कृति अध्ययन गरिरहेका छन् । त्यसलाई ethnography भनिन्छ ।
गुरुङ संस्कृतिको धेरै विदेशीहरुले अध्ययन गरि सकेका छन् । कतिले अहिले गर्दै छन् । विदेशीहरुले खोजी खोजी हाम्रो संस्कृतिको अध्ययन गरिरहेका छन् । तर हामी भने बिर्सिदै गइरहेका छौं ।

आफनो संस्कृति हामी आफैलाई थाहा छैन । बरु विदेशीहरुलाई बढि थाहा हुदैछ । यही अवस्था रहिरहे अबको ५०÷६० वर्ष पछि गुरुङहरुसंग आफनो इतिहास, संस्कृति भन्नु केही हुने छैन । भोली गएर कुनै दिन आफनो इतिहास, संस्कृति खोज्न विदेशीहरुलाई गुहार्नु पर्ने अवस्था आउन सक्छ । के यो कुरा गुरुङ संघ–संस्थाहरुलाई हेक्का छ रु के गुरुङ नेता, बुद्धिजीवीहरुलाई यसको चिन्ता छ रु हाम्रो संस्कृतिको अध्ययन हामी आफैले कहिले गर्ने रु के युवाहरुलाई प्रेरित गर्नु हाम्रो जिम्मेवारी होइन रु के गुरुङ समुदाय संधै यसरी नै चल्ने हो रु यस्तो गम्भीर अवस्थाप्रति ध्यानाकाषर्ण गराउन यो चलचित्रले symbolic रुपमा म्ले क्युु किताबलाई प्रस्तुत गरेको छ ।
चलचित्रमा एउटा माने पात्र हुन्छ । जो अनपढ हुन्छ । कारणवश, उसलाई म्ले क्युु किताब एकदमै आवश्यक हुन्छ । जुन गुरुङ संस्कृतिबारे लेखिएको किताब हुन्छ । उसले यसको खोजी सुरु गर्छ । फिल्मको कथा यहीबाट सुरु हुन्छ । बाँकी चलचित्रबाटै ।
दोस्रो सन्देश
म्ले क्युको दोस्रो अर्थ बिर्साउने पानी हो । गुरुङ शास्त्र अनुसार जीवितहरु बस्ने ठाऊँमा पितृ बस्ने ठाऊँ हुदैन । पितृहरु बस्ने ठाऊँमा जीवितहरु बस्ने ठाऊँ हुदैन । मृत्युपछि पितृलोक जानु अनिवार्य हुन्छ । पितृहरुले घरपरिवार, इष्टमित्र, गाऊँ ठाऊँ सजिलै बिर्सन सक्दैनन् । त्यसैले यी सब कुराहरु बिर्साउन पितृहरुलाई symbolic रुपमा बिर्साउने पानी खुवाइन्छ । चलचित्रले यो कुरालाई दर्शाउन खोजेको छ । अर्घुममा गरिने कर्मकाण्ड मार्पmत गुरुङहरुको भौतिक र अध्यात्मिक संसार बीचको अन्तर सम्बन्ध दर्शाउने प्रयास गरिएको छ ।
तेस्रो सन्देश
म्ले क्युको तेस्रो अर्थ पैसा हो । पैसा आवश्यक चीज हो । तर सबथोक होइन । पैसाले धेरै थोक गर्न सक्ला । तर सबथोक गर्न सक्दैन । पैसालाई सबथोक ठानेमा गम्भीर समस्या निम्तिन सक्तछ ।
म्ले क्युले आफन्त, इष्टमित्र सबैलाई बिर्साउने काम गर्छ । पैसालाई पनि सबथोक ठानेमा मान्छेले आफनो इष्टमित्र, नाता, सम्बन्धहरु ख्याल गर्दैन । सब बिर्सन पुग्छ । त्यस्तो अवस्थामा पैसाले पैसाको काम गर्दैन ।
म्ले क्यु को काम गर्छ । त्यसैले चलचित्रले म्ले क्युको symbolic meaning को रुपमा पैसालाई पनि प्रस्तुत गरेको छ । पैसा नै मात्र सब थोक होइन । पैसा आवश्यक चीज हो । कमाउनु पर्दछ । तर पैसालाई म्ले क्यु बनाउनु हुदैन भन्ने सन्देश चलचित्रले दिन खोजेको छ ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52