म्ले क्यु चलचित्रको बारे पोखरामा पत्रकार सम्मेलन
जसु गुरुङद्धारा निर्देशन गरिएको गुरुङ भाषा र संस्कृति बोकेको चलचित्र म्ले क्यु (बिर्साउने पानी) को बारेमा आज पोखरामा पत्रकार सम्मेलन गरिएको छ ।
अगामी ०७६ साल वैशाख ७ गते शनिबार पोखरा स्थित विन्दवासिनी चलचित्र मन्दिरमा विहान ८ बजे मध्याह्न १२ बजे र दिउँसो ३ बजे चलचित्रको प्रदर्शन हुने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा निर्देशक जसु गुरुङले जानकारी दिनुभयो ।
स्टार्स स्टुडियोको व्यानरमा निर्माण गरिएको चलचित्र यस अघि हङकङमा प्रिमियर सो भई सकेको छ भने यहि चैत्र अन्तिम साता नवलपरासीका विभिन्न ४ स्थानमा प्रदर्शन गरिने भएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका कथा लेखक इन्जिनियर रोशन गुरुङले आफूले गुरुङ जातिको आस्था र धरोहरमा केन्द्रित भई मृत्यु पश्चायतको अध्यात्मिक स्वर्ग र पितृलाई खुवाउने म्ले क्यु अर्थात बिर्साउने पानीका बारे आम दर्शकलाई जानकारी दिने उद्देश्यले चलचित्रको कथा लेखेको बताउनुभयो ।
यस्तै चलचित्रका मुख्य पात्र माओत्से गुरुङले यो चलचित्रले अरु चलचित्रको भन्दा फरक शैली र विषय वस्तु बोकेको तथा नयाँ एवं अनुभवी दुवै कलाकारको संयोजन रहेको भन्दै चलचित्रले सफलता पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
यस्तै चलचित्रका निर्देशक जसु गुरुङले चलचित्र हेरेर प्रतिक्रिया दिनुहुन सबैमा अनुरोध गर्दै ४० लाखको लागतमा चलचित्रको निर्माण सम्पन्न गरेको बताउनुभयो ।
चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम विकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चलचित्रका कलाकार तथा प्रविधिकहरुलाई मायाको चिनो वितरण गरिएको थियो ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09