ताजा खबर

यसवर्षको लोकबहादुर गुरुङ स्मृति पुरस्कार कलाकार बलबहादुर गुरुङलाई प्रदान गरिने

   ११ भाद्र २०८०, सोमबार १९:२८      1,060 views

पोखरा

यसवर्षको लोकबहादुर गुरुङ स्मृति कलाकारिता पुरस्कार वरिष्ठ कलाकार बलबहादुर गुरुङलाई प्रदान गरिने भएको छ ।


वरिष्ठ संस्कृतिकर्मी, चलचित्र निर्देशक, गीतकार तथा संगीतकार एवम् तमू संसार पत्रिकाका संस्थापक प्रधान सम्पादक÷प्रकाशक तथा अभियान फिल्मस् प्रा.लि.का निर्माता निर्देशक स्व.लोकबहादुर गुरुङको नवौं स्मृति दिवसका अवसरमा उहाँलाई सो पुरस्कार प्रदान गर्न लागिएको हो ।


यहि भदौ २० गते बुधावार दिउँसो ३ बजेबाट रोयल दिदीबहिनी किचन बुद्धचोक पोखरामा आयोजना हुने स्मृति दिवस समारोहमा उहाँलाई गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङबाट नगद ५१,०००। सहित ताम्रपत्रद्धारा सम्मान गरिने लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिनुभयो ।


कास्कीको मादी गाउँपालिका वडा नं. २, घ्याम्राङ गाउँमा बाबा अमरसिंह गुरुङ र आमा सुमाया गुरुङको कोखबाट वि.सं. २०१९ सालमा जन्मनु भएका कलाकार बलबहादुर गुरुङले २०५७ सालमा स्व.लोकबहादुर गुरुङद्धारा निर्माण गर्नुभएको तमू भाषाको चलचित्र ङयोए नास ट्हो (हाम्रो गाउँघर) बाट औपचारिक रुपमा कलाकारिताको यात्रा तय गर्नुभएको थियो ।

उहाँले अभियान फिल्मस प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्रहरु चोँ (भाउजू बुहारी), हर्बे ट (लेकाली फूल), धीं (घर), प्ह्रेस्यो (दुलही), क्रमु (पछयौरी) र युम्पो देउरालीमा शसक्त अभिनय गर्नुभएको छ । भने यसका साथै उहाँले हालमा गुरुङ र नेपाली भाषामा गरी करिब ३५ वटा चलचित्रमा आफनो अभिनय प्रस्तुत गरिसक्नु भएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284