
यस्ताे देखिनेछ धुर्मुस-सुन्तलीले बनाउने क्रिकेट रंगशाला
हास्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको फाउन्डेसनले रंगशाला भरतपुर महानगरपालिकाले उपलब्ध गराएको जग्गामा निर्माण गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण हुनेछ ।

डीपीआर तयार भएको २ वर्षभित्र निर्माण सम्पन्न हुने रंगशाला निर्माणको लागि ३ अर्ब लाग्नेछ । रंगशालाको डीपीआर ६ महिनाभित्र तयार हुने बताइएको छ ।

२० बिघाहा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने रंगशाला २५ हजार दर्शक क्षमताको रंगशालामा ४ गेट रहने छ । मुख्य गेटको डिजाइन स्तुप रहनेछ ।

रंगशालासँगै अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत हुनेछ । यस्तै क्रिकेट एकेडमीसहितको बन्न लागेको रंगशाला परिसरमा फुटबल, स्वीमिङ, बास्केटबल, भलिबल, डण्डीबियो लगायतका खेलको मैदान समेत बन्नेछ ।

रंगशाला जनताको सहयोग चन्दा संकलन गरेर निर्माण गरिने फाउन्डेसनले जनाएको छ ।

यस रंगशाला बनाउन एस ट्राभल्सले सर्वाधिक ३ करोड, अल्का हस्पिटलले २५ लाख, रविराज सिंहले ११ लाख र मुक्तिनाथ विकास बैकले ५ लाख दिने घोषणा गरेको समेत छ ।

आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26