ताजा खबर

याङजाकोटमा बुद्ध जयन्ती मेला सुरु

   २ जेष्ठ २०७६, बिहीबार १२:५२      3,233 views

कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङजाकोटमा हिजोबाट २५६३औं बुद्ध जयन्ती मेला सुरु भएको भएको छ ।

मेलाको भव्य समारोहका बीच गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले प्रदेश सरकारले यहाँका जनतालाई कृषि पर्यटन लगायतका क्षेत्रमा आत्मानिर्भर बनाउने योजनाका साथ काम गरिरहेको बताउनुभयो ।

अब मादी गाउँपालिकाको केन्द्र याङ्जाकोटमै रहने पक्का भएकोले यहाँको बासिन्दाले गाउँमा कुनैपनि घर खाली राख्न नहुने सबै जनता आयमुलक काममा लाग्नुपर्ने उहाँको भनाई छ । पोखरा बजारमा घर भएका र बसाई सरेर गएका गाउँबासीलाई पनि बरु बजारको घर भाडामा दिएर भएपनि गाउँको घरमा बस्न आउन उहाँले आग्रह गर्नुभयो ।

आपूm युद्धकालमा पहिलो पटक यस गाउँमा आएको भन्दै उहाँले लामो समयको अन्तरालपछि पुनः याङजाकोट आउँदा भावुक भएको बताउनुभयो ।
यहाँको जनताको सक्रियता देखेर आपूm उत्साहित भएको भन्दै यो सक्रियाता अब उत्पादन र रोजगार मुलक काममा लगाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) ले गाउँपालिकाभित्रको सबै वडालाई सडक सञ्जालमा जोडने र गाउँपालिकाको केन्द्रसम्म आईपुग्न सहज बनाउने योजना अनुसार अहिले याङजाकोटबाट तोगी वार्चोक जोडने सडक खन्ने काम जारी रहेको र पहिलो चरणमा विनियोजन भएको ५० लाख रुपैंया अपुग भएपछि पुनः २० लाख रुपैंया गाउँपालिकाले बजेट थप गरिदिएको बताउनुभयो ।

पोखराबाट याङजाकोट जोडने सडक पिच गर्नको लागि टेन्डर आवहान भईसकेको र अब छिटै पिच गर्ने प्रक्रिया सुरुहुने समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा मादी गाउँपालिका उपाध्यक्ष विष्णुमाया आर्चाय पौडेल, मादी ३ का वडा अध्यक्ष मनबहादुर गुरुङ, नेपापली काँग्रेस मादी गाउँपालिका संयोजक देवीजंग गुरुङ, याङजाकोट तमू समाज पोखराका अध्यक्ष सु.चन्द्रबहादुर गुरुङ लगायतले मेलाको सफलताको शुभकामना दिनुभएको थियो ।

मादी ३ का वडा सदस्य धनमाया गुरुङले स्वागत मन्तव्य राख्नुभएको उद्घाटन सत्र मेला आयोजक संस्था मिलन युवा क्लब याङजाकोटका अध्यक्ष विकास गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव योगेन्द्र गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

मेलाको उद्घाटनका क्रममा मिलन युवा क्लबका कलाकारहरु र याङजाकोट तमू समाज पोखराका कलाकारहरुले विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

यसैबीच यहि जेठ ४ गतेसम्म सञ्चालन हुने मेलामा भलिबल तर्फ २० टिम र बास्केटबल तर्फ १२ टिमले टिमले प्रतिशपद्र्या गरिरहेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284