ताजा खबर

याङजाकोट तमू समाजको ३५औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न

   २३ कार्तिक २०७६, शनिबार १८:५४      2,364 views

याङजाकोट तमू समाज पोखराको ३५औं स्थापना दिवस आज विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।

तत्कालीन थुमाको डाँडा गा.वि.स.का भू.पु अध्यक्ष एवम् याङजाकोट गाउँका समाजसेवी कर्णबहादुर गुरुङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वर्षभरि समाजमा विभिन्न भूमिकामा रहि उत्कृष्ट कार्य सम्पादन गर्ने व्यक्तिहरुलाई समाजले सम्मान गरेको छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कर्णबहादुर गुरुङले अग्रजहरुको अथक मेहेनत र योगदानले याङजाकोट तमू समाजको गरिमा उच्च भएको भन्दै आगामी दिनमा पनि सबैको सक्रियाता र एकता नै समाजलाई अगाडी बढाउने एकमात्र विधि रहेको भन्दै सबैले समाजलाई आफनो साझा घर हो भन्ने सम्झेर काम गर्न आग्रह गर्नुभयो ।


यस्तै तमू धी नेपालका केन्द्रिय सदस्य एवम् समाजका अग्रज व्यक्तित्व नारायण गुरुङले समाज स्थापना गर्दाको इतिहास केलाउँदै आज भन्दा ३५ वर्षपहिले यसरी समाज गठन गरेर सामाजिक काममा लाग्नु त्यति सहज नभएको भन्दै आज समाजको यो स्थिती र सक्रियाता देख्दा आफूलाई ज्यादै खुसी लागेको बताउनुभयो ।


यस्तै नेपाली काँग्रेसका मादी गाउँपािलका संयोजक देवीजंग गुरुङले समाजले गरेको हरेक गतिविधि आफनै भन्ने भावनाले आफू समाजको उन्नतिमा लागेको भन्दै सबैलाई समाजको हित हुने काममा लाग्नका निम्ति आग्रह गर्नुभयो ।


कार्यक्रममा युवा समितिका अध्यक्ष विकास गुरुङ, सल्लाहकार राजन गुरुङ लगायत स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा समाजका कलाकारहरुले विभिन्न साँस्कृतिक नृत्य एवम गीत प्रस्तुत गरेका थिए । भने वर्षको उत्कृष्ट सदस्य, खेलाडी एवम २०७५ सालको एसईई परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने समाजका सदस्यका छोरा छोरीहरुलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा समाजका पुर्व अध्यक्ष ह.ले.स्व.दलबहादुर गुरुङका छोरा बुहारी मोहन गुरुङ र मिना गुरुङ (हाल जापान निवासी)बाट समाजलाई नगद २० हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको छ ।


समाजका सदस्यहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रम अध्यक्ष सु.चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको थियो भने सचिव क्या.घनबहादुर गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । समाजका उपाध्यक्ष जेमप्रसाद गुरुङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा कलाकार देवी गुरुङले आफनो गीत प्रस्तुत गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284