ताजा खबर

याङजाकोट तमू समाज र काँहु घोताने परिवारद्धारा मेजर विरसिंह स्मृति पार्कमा सरसफाई

   ५ भाद्र २०७६, बिहीबार २१:१४      2,662 views

याङजाकोट तमू समाज पोखरा र काँहु घोताने परिवार पोखराको संयुक्त आयोजनामा आज पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रको पार्कमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक काँहु घोताने परिवारका जेष्ठ सदस्य मेजर स्व.विरसिंह गुरुङको शालिक रहेको मेजर विरसिंह गुरुङ स्मृति पार्क वरिपरि झार उर्मेको र फोहोर मैला बढेपछि आज समाजले आफनो सदस्यहरुको व्यापक सहभागितामा सरसफाई कार्यक्रम आयोजना गरेको हो ।

याङजाकोट तमू समाजका अध्यक्ष सु.चन्द्रबहादुर गुरुङ र मेजर विरसिंह गुरुङका छोरा क्या.लोकबहादुर गुरुङको नेतृत्वमा आज विहान ७ बजेदेखि ९ बजेसम्म व्यापक सरसफाई गरिएको थियो ।

कार्यक्रमपछि बोल्दै याङजाकोट तमू समाजका अध्यक्ष क्या.चन्द्रबहादुर गुरुङले आफूहरु कसैको अनुरोध विना नै स्वस्फुर्त रुपमा सरसफाईमा सरिक भएको भन्दै अरु सामाजिक संघ संस्थाहरुले पनि यसप्रकारको कार्यक्रम बेला बखत आयोजना गरिरहनुपर्ने बताउनुभयो ।

यस्तै काँहु घोताने परिवारका तर्फबाट मेजर विरसिंह गुरुङका छोरा क्या.लोकबहादुर गुरुङले आफूहरुले निजी तवरबाट पार्कको संरक्षण र सरसफाई कार्यक्रम आयोजना हुँदै आएको भन्दै अस्पताल पक्षबाट पनि यस्ता खाले कार्यक्रमहरु आयोजना गर्नुपर्ने र पार्कको हेरचाह गर्नुपर्ने बताउनुभयो ।

सरसफाई कार्यक्रममा सहभागीहरुलाई समाजको तर्फबाट चियाको व्यवस्था गरिएको थियो भने देउराली सपिङ्ग सेन्टर हस्पिटलचोकका प्रोप्राइटर एवम याङजाकोट तमू समाजका सक्रिया सदस्य आसबहादुर गुरुङले पानी र बिस्कुट प्रायोजन गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284