
युएईविरूद्ध नेपालको खराब ब्याटिङ, एक सय १३ रनमा अलआउट
दुबईमा जारी युएई विरुद्धको एक दिवसिय खेलमा नेपालले एक सय १५ रनको चुनौती दिएको छ । खराब ब्याटिङ गरेको नेपालले ३३.५ ओभरको खेलमा पुरा विकेट गुमाई एक सय १३ रन जोडेको हो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रनको योगदान गरे । सोमपाल इमराज हैदरको बलमा लेग बिफोर आउट भए । यस्तै आरिफ शेखले २५ रन जोडे । नवाैं नम्बरमा ब्याटिङमा उत्रिएका सन्दीप लामिछानेले १५ रनकाे याेगदान गरे । उनले २७ बलकाे सामना गरे ।
नेपालका ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल शून्यमा आउट भए भने बिनोद भण्डारीले ५ रन जोडे । उनीहरू दुवै महोमम्मद नाभिदको बलमा गुलाम शाब्बेरद्वारा क्याच आउट भएका हुन् । यस्तै कप्तान पारस खड्का २० रन र दीपेन्द्रसिंह ऐरी शून्य रनमा रनआउट भए ।
उत्कृष्ट बलिङ गर्ने क्रममा युएईका लागि महोम्मद नाभिद र आमिर हायातले समान ३ विकेट लिए । यस्तै इमरान हैदरले २ विकेट लिँदा क्वादेर एहमदले १ विकेट लिए ।
दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा हुँदै गरेको खेलमा युएईले टस जित्दै फिल्डिङ रोजेको हो ।
१० महिनाअघि जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा सातौँ स्थानमा रहँदै नेपालले ४ वर्षका लागि एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो । त्यसपछि नेदरल्यान्डसँग नेपालले पहिलो एकदिवसीय सिरिज खेल्यो । जसमा नेपाल नेदरल्यान्डलाई १–१ को बराबरीमा रोक्न सफल भयो । पहिलो खेलमा नेदरल्यान्ड र दोस्रोमा नेपाल विजयी भएको थियो । नेपालले एकदिवसीयसँगै युएईविरुद्ध टी–२० सिरिज खेल्नेछ ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00

उस्तै खबर





can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09