ताजा खबर

युकेमा तमू प्ये ल्हु संघको आफनै भवन र क्होइबो बनाउने योजना छ :मेजर खुसीमान ल्हेगे तमू (एमभिओ)

   ८ फाल्गुन २०७५, बुधबार २१:०५      2,784 views

रोशनी गुरुङ / सम्पादक मादी न्युज डटकम

तस्विर सौजन्य , मिलन ल्हेगे  तमू युके


तमू जातिको प्ये ताँ ल्हु ताँलाई पुस्ता हस्तान्तरण गर्ने र देश विदेशमा फैलाउने उद्देश्यले अघि बढेको तमू प्ये ल्हु संघले नेपालका कुनाकाप्चा मात्र नभएर विदेशका विभिन्न ठाउँमा पनि शाखा गठन गरि संस्थाको उद्देश्य अनुरुप काम गर्दै आएको छ ।

वि.सं. २०४७ साल कात्र्तिक ३ गते जंगबहादुर ल्हेगे तमूको अध्यक्षतामा विधिवत रुपमा गठन भएको तमू प्ये ल्हु संघले हालसम्म आईपुग्दा आफनो सञ्जाल वृहत रुपमा फैलाई सकेको छ ।
गोर्खाहरुको बाक्लो बसोबास रहेको प्रवासी मुलुक बेलायतमा पनि सन् २००५ मा अशोक ल्हेगे तमूको अध्यक्षतामा तमू प्ये ल्हु संघ युके गठन भएको थियो ।

त्यसयता क्रियाशिल रुपमा काम गर्दै आएको यस संस्थामा हाल मेजर खुसीमान तमू (एमभिओ) वर्तमान अध्यक्ष हुनुहुन्छ । सन् २०१७ को फेब्रुअरीमा संस्थाको अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका उहाँ आफनो कार्यकाल भरी तिन वटा मुद्दालाई सफल बनाउन अघि बढ्नु भएको छ ।

हालै घर विदामा नेपाल आउदा मैले उहाँसँग मादी न्युज डटकमको लागि संस्थाको बाँकी रहेको कार्यकालमा के गर्ने योजना छ र अहिलेसम्म केके गर्नुभयो भनेर सोधेको थिए ।

कास्कीको माछापुच्छे« गाउँपालिका वडा नं. ७ धम्पुसमा बाबा पुर्व प्रधानपञ्च स्व.मनबहादुर तमू र आमा हिरादेवी तमूको कोखबाट जन्मिनु भएका उहाँ लामो समयसम्म बेलायती सेनामा कार्यरत रहे पश्चायत हाल अवकाशपछिको समय पनि श्रीमती मञ्जु टु क्लेप्री तमू र छोरा छोरीको साथमा बेलायतको वेल्यस स्थित बे्रकन शहरमा बसोबास गर्दै आउनु भएको छ ।

उहाँ तमू प्ये ल्हु संघ युकेको अध्यक्ष भए पश्चायत करिब ६ सयको संख्यमा रहेको आजीवन सदस्यलाई बढाएर अहिले १ हजार ५० जना पुरयाउनु भएको छ ।

यसको अलाव प्ये ताँ ल्हु ताँ र खेगी सम्बन्धी परियोजनालाई अझै व्यापक बनाउने खेगी उत्पादन र प्ये ताँ ल्हु ताँको संरक्षण र प्रचार प्रसारमा सहयोग गर्ने उहाँको टिमको प्राथमिकतामा परेको कामहरु हो भने त्यो भन्दा अर्को एउटा परियोनाले यति बेला भने उहाँको सिङगो टिमलाई चटारो छ ।

त्यो हो युकेमा तमू प्ये ल्हु संघको बहुउदेशिय सामुदायिक भवन निर्माण गर्ने र त्यसैसँग क्होईबो बनाउने । जुन परियोजनाको लागि अहिले जग्गा किन्ने काम अघि बढेको छ । सन् २०१९ भित्रै जग्गा खरिदको प्रक्रिया सम्पन्न हुने उहाँले बताउनुभयो । करिब नेपाली रुपैंया २२ करोडको लागतमा सो परियोजना सम्पन्न हुँदैछ ।

अहिले यसको लागि रकम संकलनको काम तीव्र गतिमा अघि बढेको छ । अहिले तमू प्ये ल्हु संघ युकेको बैंक खातामा सबै सदस्यहरुले मासिक ५ पाउण्डदेखि माथि रकम जम्मा गर्ने गरेको छ । यसरी रकम जम्मा गर्दा हाल मासिक ५ हजार पाउण्ड रकम संघको खातामा जम्मा हुँदै गएको अध्यक्ष मेजर खुशीमान तमूले बताउनुभयो ।

त्यसको अलाव युवा परिचालनलाई पनि विशेष महत्वका साथ हेरिएको र अहिलेको नयाँ पुस्तालाई आफनो भाषा संस्कृतिको विषयमा जानकारी गराउँदै उनीहरुलाई पनि यसमा प्रत्यक्ष सहभागिता गराउने काम हुँदै आएको बताउनुभयो ।

युकेमा तमू प्ये ल्हु संघको मूल समिति भन्दा पनि बाहेक आमा समिति, युवा समिति र खेगी समिति सक्रिया रहेको छ भने युकेको विभिन्न सत्र स्थानबाट क्षेत्रिया समितिको ढाँचामा काम हुँदै आएको समेत अध्यक्ष तमूले बताउनुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284