ताजा खबर

युके निवासी दिलमाया गुरुङ र नन्दप्रसाद गुरुङद्धारा गिलुङका ५४ घर परिवारलाई राहत वितरण

   ९ असार २०७७, मंगलवार १०:०६      2,931 views

लमजुङको क्होंला सोंथर गाउँपालिका ९ गिलुङ स्थायी घरभई हाल युके निवासी समाजसेवी नन्दप्रसाद गुरुङ र दिलमाया गुरुङबाट गिलुङका ५४ घर परिवारलाई राहत वितरण गर्नुभएको छ ।


कोरोना महामारीको बेला समस्यमा परेका आफ्ना गाउँका ५४ परिवारलाई १ बोरा चामल, २ किलो दाल र २ लिटर तेल राहत स्वरुप वितरण गर्नुभएको छ । वितरण गरिएको राहत १ लाख ५ हजार बारबरको रहेको छ ।

वडा नं. ९ गिलुङका वडा अध्यक्ष नन्दजंग गुरुङको रोहबरमा स्थानिय समाजसेवीहरु मनबहादुर गुरुङ, दुधबहादुर गुरुङ, पसबहादुर गुरुङ, देवीजंग गुरुङ, देवीसुब्बा गुरुङ लगायतको विषेश उपस्थितीमा सो राहत वितरण गरिएको हो ।

श्रीमती दिलमाया गुरुङ तमू धिं युके लण्डन इकाइ आमा समितिकी अध्यक्ष हुनुहुन्छ भने श्रीमान नन्दप्रसाद गुरुङ तमू धिं लण्डन इकाइको सह–कोषाध्यक्ष हुनुहुन्छ । गुरुङ दम्पतिले यसअघि पनि माइती गाउँ पसगाउँ र गिलुङमा थुप्रै सामाजिक कामहरु गर्दै आउनुभएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284