ताजा खबर

युट्युबमार्फत चरित्र हत्या गरेका पौडेल प्रहरी थुनामा

   ८ चैत्र २०७५, शुक्रबार ०९:४८      2,407 views

होली खेल्ने क्रममा पोखराको लेकसाइडमा अचानक बिरामी भई ढलेकी किशोरीलाई रक्सी खाएर हंगामा भन्दै दुष्प्रचार गर्ने सुजन पौडेललाई प्रहरीकोमा बुझाइएको छ । तनहुँ शुक्लागण्डकी घर भई पोखरा लेकसाईड बस्ने पौडेल पोखराको एक टेलिभिजनमा समेत कार्यरत छन् । उनले बुधबार आफ्नै युट्युब च्यानल ईनसाइड नेपाल न्यूज टिभी (२ लाख ९ हजार सब्स्क्राइब) मार्फत पोखरामा होलिसंगै युवतीलाई रक्सी लागेपछि बीच बाटोमा लडीबुडी खेलेर गरिन हंगामा शीर्षक राखेर १० मिनेट ८ सेकेण्डको भिडियो अपलोड गरेका थिए ।

पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटन निवासी १७ वर्षीया सञ्चिता क्षेत्री आफ्नी दिदीबहिनीसँगै लेकसाइडमा होली मनाउन गएकी थिईन् । सडकमा हिँडिरहँदा एक्कासी घाँटीको नशा सड्केर उनी हिँड्न सकिनन् । दिदीबहिनीको सहायतामा ट्याक्सीसम्म लगी फेवा सिटी हस्पिटल पु¥याइएको थियो । यसैबीचमा पौडेलले आफ्नो क्यामेरामार्फत भिडियो रेकर्ड गरिसकेका रहेछन् । आफ्नो युट्युब च्यानलबाट उनले मनगढन्ते शीर्षक राखेर भिडियो सार्वजनिक गरे ।

तत्काल किशोरीका दाजु सन्देश क्षेत्रीले युट्युब च्यानल र सबैभन्दा पहिले समाचार भन्दै प्रकाशित गर्ने नालापानी डटकम फेक न्यूज ब्लग विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी गरेका थिए । विहीबार मध्यान्हदेखि उनी कास्की प्रहरी नियन्त्रणमा छन् । बुधबार साँझ नै ३४ हजार भ्यूज गइसकेको भिडियो उनले डिलिट गरेका छन् । त्यसभन्दा अघि शीर्षक परिवर्तन गरेका थिए । पौडेल मार्फत नै धेरै वेबसाईटमा पुगिसकेकाले उनको नियन्त्रणमा रहेन र केही छिनमै भाइरल बन्न पुगेको थियो ।

प्रहरीसामु सुजनले आफूले अक्षम्य गल्ती गरेको महसुस गर्दै यस्तो गल्ती नदोहो¥याउने बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ समेत जिल्ला प्रहरी कार्यालयमा बुझ्न पुगेका थिए । आधिकारिक मिडिया नभएको र पत्रकार महासंघमा आबद्धता समेत नरहेकाले यस विषयमा आफू बोल्न नमिल्ने भएकाले पीडित र युट्युब सञ्चालकबीच मिलेर जाँदा राम्रो भन्दै उनी बाहिरिए । तर पीडित पक्षसँग सहमति नजुटेपछि पौडेल प्रहरी हिरासतमै छन् ।

सबैभन्दा पहिले फेक न्युज प्रकाशित गर्ने नालापानी डटकम विरुद्ध पनि उजुरी परेको छ । अनाधिकृत रुपमा लुकेर चलाइएको सो साईटका सम्पूर्ण जानकारी कास्की प्रहरीले लिएको छ । सो वेबसाइट सञ्चालकका दुई फेसबुक पेज पोखरा अनलाइन र पोखरा दैनिक पनि निगरानीमा रहेको प्रहरीले जनाएको छ । सम्पर्कमा नआएको खण्डमा केन्द्रिय तबरबाट अनुसन्धान हुने जनाइएको छ ।

अब चरित्र हत्याको क्षतिपूर्ति कसरी हुन्छ ?
पीडित किशोरी विहीबार फेवा सिटी हस्पिटलबाट डिस्चार्ज भएकी छिन् । उनले आफू शारीरिक रुपमा भन्दा मानसिक रुपमा विक्षिप्त भएको सुनाउँदै आफन्तहरुबाट नराम्रो प्रतिक्रिया आइरहेको गुनासो गरिन् । ‘म दिदीहरुसँग गएको हुँ । एक्कासी घाँटीमा नशा बाउँडियो । म खुट्टा टेक्न सकिनँ । दिदीहरुले नै टाढा ट्याक्सीसम्म पु¥याउनुभयो ।’ उनले भनिन् – ‘म हस्पिटलमा थिएँ । साथीहरुले भिडियो र समाचारहरु पठाए, एकपछि अर्को गरी सोधीखोजी भयो । मेरो चरित्र हत्या भएको छ । मेरो बेईज्जतिको क्षतिपूर्ति कसरी हुन्छ ?’

सञ्चिताका दाजु सन्देशले कानुनी दायरामा आउन नसकेका अनाधिकृत युट्युबहरुले भ्रम छरेर यसरी बेईज्जती गर्ने काम गरेको सुनाए । अरुलाई पाठ सिकाउन र आफूहरुलाई जस्तो अरुलाई नपरोस् भन्नका लागि पनि कानुनी दायरामा ल्याउनुको विकल्प नभएको बताए ।

विभिन्न वेबसाइट र फेसबुक पेज निगरानीमा

पौडेलले भिडियो अपलोड गरेपछि अतिरञ्जित तबरले शीर्षक राखेर अफवाह फैलाउने लाखौं पेज सञ्चालकको ईमेलमा समेत फरवार्ड गरेका थिए ।

ताजाखबर (३१ लाख ६५ हजार), साझा पेज (३४ लाख ५३ हजार), ओएस नेपाल (५३ लाख ५४ हजार) बाट कुनै पुष्टि विना नै जस्ताको तस्तै भिडियो सहित समाचारहरु पोष्ट भएका थिए । शेयर भएका अहिले सबै पेजहरु प्रहरीको निगरानीमा छन् । यद्यपी, पौडेलकै अनुरोधमा पेजहरु २४ घण्टाभित्र नै समाचार डिलिट गरेका छन् ।

दुवै पक्षलाई फाईदा हुने भएकाले युट्युब सञ्चालक र मनलाग्दी लिन्क (नाम अनुसारको पोष्ट हुने ठूला पेजका सञ्चालकहरुबीच मिलेमतो हुने गर्दछ । फेसबुक इन्स्टान्टबाट पेज सञ्चालकले डलर कमाउँछन् भने सोहि न्यूजमा भिडियो इम्बेडिङ हुने भएकाले भिडियोमा भ्यूज बढ्छ र युट्युबरलाई पनि फाईदा पुग्दछ । त्यसैकारण, युट्युबेहरु र लाखौं लाईक बटुलेका पेजका एडमिनहरु यसरी मिलेमतोमा शेयर गर्दै आएका छन् ।

‘आपसी सहमति नभए कानुनी प्रक्रिया अनुसार अघि बढ्छ’स् प्रहरी

प्रहरीले भने आपसी सहमति नजुटे कानुनी प्रक्रिया अनुसार अघि बढ्ने बताएको छ । कार्यालयका मुद्धा फाँटका प्रहरी निरीक्षक गणेश सुवेदीले भने – ‘ठाडो उजुरी परेको छ । पीडित पक्षले माफी दिएर केस अघि नबढाउने भन्न पनि सक्छन् नत्र प्रमाण पुगेको खण्डमा कानुनी व्यवस्था अनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।’

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284