ताजा खबर

युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाको टोलीलाई तमु धिं नेपालमा स्वागत सम्मान

   १३ आश्विन २०७९, बिहीबार ०८:४६      714 views

अमेरिकामा रहेर गुरुङहरुलाई संगठित गर्दै तमु जातिको मौलिकता संरक्षण, संस्कार, सँस्कृतिको सम्वद्र्धन, विकासमा जुटेको र हाल नेपाल आगमनमा रहनुभएका युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष प्रदिप गुरुङ लगायतको समुहलाई तमु धिं नेपालमा स्वागत गरिएको छ ।

गुरुङ खेगी९पच्यु० प्रशिक्षण पश्चात विहिवार पोखरामा दिक्षित गर्ने कार्यक्रमसहित पोखरामा आउनुभएका युजिएसएको समुहलाई तमु धिं नेपाल, तमु९गुरुङ० कलाकार संघ नेपाल गण्डकी प्रदेश र तमु धिं नेपाल केन्द्रिय आमा समितिले पोखरामा स्वागत सम्मान गरेको हो।


पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रम युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष प्रदिप गुरुङ, उपाध्यक्ष खेगी नरबहादुर गुरुङ,कोषाध्यक्ष कर्णबहादुर गुरुङ, रोधी प्रसिडेन्ट अगोम गुरुङ,अक्षयकोषदाता खेगी सन्तलाल गुरुङ, प्रवक्ता टेकबहादुर गुरुङ, टेक्निसियन डाइरेक्टर डम्बरकुमार गुरुङ, बोर्ड डाइरेक्टर दिलबहादुर गुरुङ, बैदेशिक सम्बन्ध उपाध्यक्ष खेगी पदमलाल गुरुङ, बोर्ड डाइरेक्टर खेगी भिम गुरुङ, बोर्ड डाइरेक्टर दलबहादुर गुरुङ, टेक्निसियन सुक प्रकास गुरुङ, टेक्निसियन बाबुराम गुरुङ, सल्लाहकार दलबहादुर गुरुङ र बोर्ड डाइरेक्टर रामबहादुर गुरुङलाई टिका, माला, खादा, बुके, फेटा र भाङग्राबाट स्वागत सम्मान गरेको हो।

संस्थागत भेटघाटसहित आयोजित कार्यक्रममा तमु कलाकार संघ गण्डकी प्रदेशका कलाकारहरु र तमु धिं नेपाल केन्दिय्र आमा समितिका कलाकारहरुले नृत्य प्रस्तुति गर्दै स्वागत गरेका थिए भने तमु कलाकार संघ गण्डकी प्रदेशका अध्यक्ष तथा तमु धिं नेपाल केन्द्रिय सदस्य सुरेन्द्र गुरुङले संस्थागत परिचय सहित स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।


कार्यक्रममा युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष प्रदिप गुरुङले स्वागत सम्मानका लागि धन्यवाद व्यक्त गर्नुहुदै युजिएसएको उद्धेश्य, लक्ष्य र गर्दै आएको गतिविधीका बारे जानकारी गराउनुभएको थियो। उहाँले तमु जातिको मौलिकता संरक्षण र विकासका लागि अमेरिकामा रहेर संस्थागत रुपमा जन्मदेखि मृत्यु संस्कार, बार्षिक चाडपर्व मनाउने लगायत बालबालिका, किशोर किशोरीलाई लक्षित कार्यक्रम हुदै खेगी प्रशिक्षण गरेको बताउनुभयो। आगामी दिनमा तमु धिं नेपाल, तमु९गुरुङ०कलाकार संघ गण्डकी प्रदेश, तमु धिं नेपाल केन्द्रिय आमा समिति लगायत नेपालका तमु संघ संस्थाहरुसँग समन्वय र सहकार्य गरी अघि बढ्ने बताउनुभयो।


विगत तिन वर्षदेखि खेगी प्रशिक्षण गरी हाल पोखरामा प्रशिक्षार्थी पच्युहरुलाई दिक्षान्त गर्ने कार्यक्रम सहित नेपाल आगमन हुनुभएका युजिएसएका अध्यक्ष प्रदिप गुरुङ लगायतको समुहलाई स्वागत सम्मान गर्नुहुदै तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले युजिएसएको अभियानको प्रसंसा गर्दै आफुहरु पनि साथै रहेको बताउनुभयो। तमु धिं नेपालको संस्थागत परिचय, उदेश्यबारे जानकारी गराउनु हुदै तमु धिंले गर्दै आएको गतिविधीका बारेमा चर्चा गर्नुका साथै तमुहरु जहाँरहे पनि सामुहिकता, सामुदायिकता, मौलिकता र समुदायलाई अग्रगतिमा लैजानका लागि पहल र युजिएसए लगायत सबै तमु संघसंस्थासँग हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।


कार्यक्रममा युजिएसएले तमु धिं नेपालमा हालै शुरुवात भएको गुरुङ संग्रहालयमा निर्मित पच्यु, क्ल्हेप्राी र लमको मुर्तिको प्रायोजनको घोषणा गर्दै १ लाख ५० हजार रुपैया र अमेरिकन २ डलर सहयोग हस्तान्तरण गर्नुभयो। यसरी नै तमु९गुरुङ०कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिलाई ३० हजार रुपैया र तमु धिं नेपाल केन्द्रिय आमा समितिलाई २० हजार रुपैया सहयोग हस्तान्तरण गरिएको थियो।


तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव अधिवक्ता जुनाकुमारी गुरुङले संचालन गर्नुभएको थियो।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284