युवा पत्रकार रञ्जन अधिकारीलाई ‘मित्र मिलन युवा पत्रकारिता सम्मान’
युवा पत्रकार रञ्जन अधिकारी ‘मित्र मिलन युवा पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित भएका छन् । पोखराको बिग एफएमका स्टेशन म्यानेजर अधिकारीलाई मित्र मिलन कृषि सहकारबी संस्था लि. ले एक समारोहका बीच नगद २५ हजार सहित सम्मान गरेको हो ।
संस्थाको छैटौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक पोखराका प्रबन्धक सन्तोष घिमिरे, संस्थाका कार्यवाहक अध्यक्ष रमण पौडेल लगायतले पत्रकार अधिकारीलाई सम्मान गरे ।
बिगत ११ वर्षदेखि पत्रकारिता पेशामा निरन्तर क्रियाशील अधिकारी नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्यसमेत हुन् । खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष अधिकारी धादिङ पत्रकार समाज पोखराका अध्यक्ष पनि हुन् । २०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरेका अधिकारी निरन्तर रेडियो पत्रकारितामा सक्रिय रहँदै गत वर्ष बिग एफएममा स्टेशन म्यानेजर पदमा नियुक्त भएका हुन् ।
५ वर्ष आदर्श समाज दैनिकका साथै गण्डक न्यूजडटकम, गोलनेपाल डटकम, कास्की आवाज दैनिकमाम समेत उनको कार्य अनुभव छ । आवश्यक पर्दा सबै विधामा कलम चलाउने उनी प्रविधिमा दख्खल राख्छन् ।
पत्रकार अधिकारीको यो तेस्रो पुरस्कार हो । ‘यातायात पत्रकारिता पुरस्कार २०७३’ बाट सम्मानित अधिकारीले २०७४ सालमा नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित पोखराकै पहिलो पत्रकार ‘स्व. जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार प्राप्त गरेका थिए ।
सम्मानित व्यक्तित्व अधिकारीले कसैको समाचार लेखेर सम्मान पाईन्छ भन्ने नसोचेको भन्दै आफूले अहिलेसम्म प्राप्त गरेका सबै सम्मान र पुरस्कार उर्जाशील उमेर पत्रकारिता क्षेत्रमा मात्रै व्यतित गर्दै गर्दाको मूल्यांकन भएको बताए । श्रमजीवि पत्रकारलाई यति ठूलो धनराशीको पुरस्कार गर्विलो रहेको भन्दै उनले यस सम्मानले पत्रकारिता क्षेत्रमा जिम्मेवारी थपेको उल्लेख गरे । मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण रहेकाले सहकारी आफ्नो सिद्धान्त अनुरुप अघि बढ्न पनि उनले सुझाए ।
संस्थाका कार्यवाहक अध्यक्ष पौडेलले अधिकारीले निरन्तर १० वर्ष बढी पोखराका लागि पत्रकारिता क्षेत्र मार्फत योगदान पु¥याएकाले सम्मान गर्न पाउँदा खुशी लागेको बताए । अर्का युवा पत्रकार अर्जुन गिरी गत वर्ष सम्मानित भएका थिए ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09