
यु–१८ आइटीएफ टेनिसमा डबल्स फाइनल सम्पन्न, एकल फाइनल शनिबार
पोखरा -अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा जारी १८ वर्ष मुनिको आइटीएफ टेनिस प्रतियोगितामा पुरुष डबल्सतर्फको उपाधी जापानका गेनी इनोक र केइजु मियाकेको जोडीले जितेको छ ।
शुक्रबार भएको फाइनल खेलमा हङकङकका केल लोक इन ताङ र इन्डोनेशियाका जेराल यासिनको िजोडीलाई ६–३, ७–६ को सेटमा पराजित गर्दै जापानीज जोडीले सो उपाधी रक्षा गरेका हुन् ।

महिला डबल्सतर्फ चाइनाका ले यु लियु र इटोङ्ग झाङको जोडी प्रथम भएको छन् । चाइनाकै जुछुआन लुओ र जियु झाङको जोडीले वाकओभर दिएपछि लियु र झाङ जोडीले प्रथम स्थान हाँसिल गरेका हुन् ।
विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश आर्थिक मामिला योजना मन्त्रि किरण गुरुङ्ग, नेपाल पर्यटन बोर्ड, गण्डकीका प्रमुख मणि लामिछाने, भिजिट नेपाल वर्ष २०२० अन्तर्गत कार्यक्रम सम्पादन समिति सदस्य बिप्लव पौडेल लगायतले पुरस्कार वितरण गरे । संघ कास्कीका अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा कार्यक्रम संयोजक सूर्यबहादुर भुजेलले प्रतियोगिताका बारेमा प्रकाश पारेका थिए ।
पुरुष एकलतर्पm जापानका गेनी इनोक र भारतका उदयबिर सिंह फाइनलमा प्रवेश गरेका छन् । गेनीले भारतका इशान सेठ्ठीलाई ६–४, ७–६ ले तथा सिंहले भारतकै सार्थक सुदेनलाई ६–०, ६–३ को सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका हुन् । महिला एकलतर्फ चाइनाका ले यु लियु र भारतका रेन्नी सिंग्ला फाइनलमा पुगेका छन् ।
लियुले बुल्गेरियाका भिक्टोरिया भेलेभालाई ६–०, ७–५ ले तथा सिंग्लाले भारतका रिया बोभेजालाई ६–०, ६–३ को सेटमा पराजित गर्दै फाइनलमा पुगेका हुन् । एकलतर्पmको फाइनल खेल शनिबार हुने टेनिस संघ कास्कीका महासचिव नविन चालिसेले जानकारी दिएका छन् ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52