ताजा खबर

यो भ्यागुतोले तपाई गर्भवती भए-नभएको पत्ता लगाउन सक्छ

   १४ जेष्ठ २०७६, मंगलवार १८:५४      2,446 views

जेनोपस भनिने यो अफ्रिकी भ्यागुतो सब सहारा क्षेत्रको पानीमा दशौं लाख वर्षदेखि पाइन्थ्यो। सन् १९३० को एक दिन एकजना ब्रिटिश वैज्ञानिकले त्यसमा पिसाबको सुई दिने निर्णय गरे।

ल्यान्सलट हगबेन एकजना जनावर विज्ञ थिए। उनी जनावरहरूमा विभिन्न वस्तुहरू खासगरि हर्मोनको सुइ लगाउने रुची थियो। त्यसरी सुई हाल्दा ती जनावरले कस्तो प्रतिक्रिया दिन्छन् भन्ने हेर्नु उनको ध्येय थियो।

यस्तै परीक्षण गर्ने क्रममा उनले गर्भवती भएका बेला उत्पन्न हुने हर्मोनले यी शान्त जनावरमा तत्काल फुल पार्ने अवस्था उत्पन्न गर्ने पत्ता लगाए। मरिन सीमन्सले सन् १९६० मा यस्तो जेनोपस गर्भ परीक्षण गरेको सम्झन्छिन्।

उनले बीबीसीलाई भनिन्, “मलाई अझ पनि सम्झना छ, कम्तिमा दुईपटक सेतो कोट लगाएका डाक्टर आएर सन्तोष प्रकट गर्दै ‘तिमी गर्भवती थियौ-भ्यागुताहरूले अण्डा पारेका थिए’ भनेका थिए।”

जेनोपस परीक्षण आम सर्वसाधारणका लागि उपलब्ध थिएन। तिनलाई सङ्कटग्रस्त अवस्थाहरू जस्तो की ट्युमर बढेका कारण प्रभावित पेटको बच्चाबारे थाहा पाउने जस्ता अवस्थाका लागि छुट्याएर राखिन्थ्यो।

मरिनको दुई बच्चा खेर गएका थिए र भ्यागुताहरूका कारण त्यो थाहा पाउन सकिएको थियो। उनी भन्छिन्, “ती सबै परीक्षण गर्न पाउने म कति सुविधासम्पन्न थिएँ भन्ने म अहिले महसुस गर्छु।”

स्ट्र्याथक्लाइड विश्वविद्यालयसँग आवद्ध चिकित्सा सम्बन्धी इतिहासकार जेसे अलस्जीङ्को-ग्रीन भन्छन् हाम्रा आधुनिक कानलाई यो विचारलाई अनौठो लागे पनि अहिले घरमै हुने परीक्षणकै जस्तै सिद्धान्त जेनोपस परीक्षणको पनि थियो।

हामीले गर्भबारे गर्ने कुराकानीको शैली भने निश्चित रुपमा परिवर्तन भएको छ। “सन् १९३० तिर लागौं न, त्यसबेला गर्भबारे कुरै हुन सक्दैनथ्यो। अखबारमा ‘गर्भ’ भन्ने शब्द छापिँदैनथ्यो। त्यो अलि रुखो मानिन्थ्यो। ” उनी जेनोपस परीक्षणले गर्भावस्था वा गर्भ भन्ने कुरालाई बहसमा ल्याइदिएको ठान्छन्।

“गर्भ परीक्षणले निश्चित रुपमा एउटा नयाँ संस्कृति पैदा गरिदिएको छ, त्यसैले गर्भावस्था र बच्चाको जन्मलाई आम सर्वसाधारणको अगाडि ल्याइदिएको छ। ” सन् १९७० मा पहिलोपटक घरमा परीक्षण गर्ने प्रविधि तयार भएपछि फेरि शान्तिसँग बस्न दिइयो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284