ताजा खबर

रामकोटे चेलीबेटीद्धारा आयोजित उद्धघोण तथा नेतृत्व विकास तालिम सम्पन्न

   २१ माघ २०७५, सोमबार १९:२७      1,642 views

स्याङजाको फेदीखोला गाउँपालिका रामकोट स्थायी घर भई हाल पोखराका विभिन्न स्थानमा बसोबास गर्ने रामकोटे चेलीबेटीहरुको आयोजनामा सञ्चालन भएको एकहप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम आज सम्पन्न भएको छ ।

न्युरोड स्थित हिमालयन रिडर्सकर्नरको सभाहलमा एक सातासम्म सञ्चालन भएको तालिममा आमा दिदीबहिनीहरुले उद्घोषणकलासँगै नेतृत्व विकास सम्बन्धी तालिम लिएका थिए ।

रामकोट चेलीबेटीका सचिव सीता गुरुङको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहमा प्रमुख अतिथि तथा तालिमका प्रशिक्षक एवं मादी न्युज डटकमका सम्पादक रोशनी गुरुङले आमा दिदीबहिनीहरुलाई प्रशिक्षण दिने मौका दिएकोमा आयोजकप्रति आभार व्यक्त गर्दै निरन्तरको अभ्यासले नै हरेक मानिस कुनै पनि क्षेत्रमा दक्ष हुने भन्दै आगमी दिनमा पनि निरन्तर अभ्यास गरिरहन आग्रह गर्नुभयो ।

समापन समारोहमा प्रशिक्षार्थी शर्मिला गुरुङले तालिमबाट आफुहरुमा धेरै परिवर्तन आएको भन्दै तालिम एकदमै प्रभावकारी भएको बताउनुभयो ।

यस्तै अर्का प्रशिक्षार्थी शान्ति गुरुङले तालिमबाट आफुभित्र रहेको लाज र डर हटेको भन्दै आउनेदिनमा कुनैपनि सभा समारोहमा निर्धक्कसँग आफनो कुरा राख्न सक्ने क्षमता आफुमा वृद्धि भएको बताउनुभयो ।

तालिमका प्रशिक्षार्थीहरु विष्णु गुरुङको स्वागत मन्तव्य र गीता गुरुङको सञ्चालनमा भएको कार्यक्रम समुहकी सचिव सीता गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रम समापन गर्दै सभापति सीता गुरुङले तालिमबाट आफनो दिदीबहिनीहरु आउनेदिनमा कुनैपनि कार्यक्रमहरु ढुक्कसँग बोल्न सक्ने क्षमताको विकास भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284