
रामबजारमा आकस्मिक रक्तदान
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की र क्षेत्रीय रक्त संचार केन्द्रको आव्हानमा नेपाल रेडक्रस सोसाइटी पोखरा (१० उपशाखा लगायत रामबजारका संघ सस्थाको आयोजनामा रामबजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रामबजार जेष्ठ नागरिक मिलन केन्द्र रामबजारका जेष्ठ नागरिक ९८ बर्षीया गौप्रसाद गुरुङ र ८९ बर्षीया लालश्री गुरुङलाई खादा फुलमालाले सम्मान गर्दै २२ जनाले रक्तदान गरेका छन । रक्तदान कार्यक्रममा प्रमुख अतिथि एवं पोखरा महानगरपालिका वडा १० का वडा सदस्य प्रतिभा बिक पोखरेलले हेनरी ड्यूनाको तस्वीरमा माल्याणपन गरि ४१औ पटक रक्तदान गरेका बिर बहादुर भूजेललाई ब्लड ब्याग हस्तान्तरण गर्नुभएको थियो ।

रक्तदान कार्यक्रम २२ जनाले रक्तदान गरेकोमा प्राय धेरै जसो महिला र पहिलो पटक रक्तदान गर्ने थिए भने ४२औं पटकसम्म रक्तदान गर्ने रक्तदाताको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52