यस वर्षको राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार पत्रकार रुद्र श्रीस मगरलाई
पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ ।
विं.संं २०७५ सालमा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्धारा स्थापना गरिएको उक्त पुरस्कार नेपाल मगर पत्रकार संघ कास्कीको आयोजनामा सञ्चालन गरिँदै आएको छ । मगर जातिको भाषा, कला, धर्म, संस्कार– संस्कृति र कौराहा संरक्षण र प्रवद्र्धनको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुलाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।
यस वर्षको पुरस्कार छनौटका लागि नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको थियो । मौलिक कौराहा संरक्षण समितिका केन्द्रिय अध्यक्ष हर्क आले मगर, मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगर, पूर्व सदस्य मिना थापा मगर, कार्यवाहक सचिव बल बहादुर बुढा मगर सदस्य रहेको छनौट समितिले श्रीसमगरलाई उक्त पुरस्कार प्रदान गरिने निर्णय गरेको संयोजक एमबि आस्था मगरले बताउनुभयो ।

यस अघि पुरस्कारको रासी रु. १० हजार प्रदान गरिएकोमा यसवर्ष देखि भने रु १५ हजार पुर्याइएको राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका केन्द्रिय अध्यक्ष हर्क आले मगरले जानकारी दिनुभयो ।
यसअघि कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ), ‘एमबी आस्था’ (कास्की), मनोज घर्ती मगर (कास्की), खेम सारु मगर (पाल्पा) र सारदा झेंडी मगर (नवलपुर) पुरस्कृत भइसकेका छन् ।
यस वर्ष पुरस्कृत हुन लागेका श्रीस मगर विगत १९ वर्षदेखि पत्रकारिकतामा सक्रिय छन् । २०६३ सालमा पृथकयात्रा साहित्यिक द्धैमासिक पत्रिकाबाट पत्रकारिता सुरु गरेका श्रीस अहिले पोखराको फेवा टेलिभिजनको कार्यकारी सम्पादक र कास्की आवाज दैनिकका सम्पादकमा कार्यरत छन् ।
पत्रकार श्रीस मगर यसअघि जगनान्थ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार, तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार, कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार र मगर सांस्कृतिक पत्रकारिताबाट सम्मानबाट सम्मानित भइसकेका छन् ।
उनी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको इन्चार्ज र नेपाल मगर पत्रकार संघका केन्द्रिय उपमहासचिवमा छन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38