
राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार पत्रकार शारदा झेंडी मगरलाई
‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’ नवलपुरका पत्रकार शारदा भेंmडी मगरलाई प्रदान गरिने भएको छ ।
बिगत २ दशक देखि निरन्तर मगर भाषा, रितिरिबाज र संस्कृति र कौराह संरक्षकको बारेमा कमल चलाउदै आउनुुभएका अग्रज पत्रकार शारदा झेरी मगरलाई उक्त पुरस्कार प्रदान गरिने निर्णय गरिएको छनौट समिति संयोजक रुद्र श्रीस मगरले बताउनुुभयो । मगर रेडियो मध्यविन्दु र नबलपुर टाइम्समा सम्पादकको रुपमा आबद्ध हुनुहु्न्छ । मगरले बुद्धदर्शन टेलिभिजनमा समेत स्टेशन म्यानेजरको रुपमा काम गर्नुभएको थियो ।

राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्धारा स्थिापित तथा मगर पत्रकार संघ कास्की शाखाद्धारा सञ्चालन गर्दै आएको पुरस्कार आगामी साउन १५ गते प्रदान गरिने मगर पत्रकार संघ कास्कीका सचिव प्रविन थापा मगरले बताए । पुरस्कार रासी रु. १० हजार सहित सम्मान पत्र प्रदान गरिने संघले जनाएको छ ।
फोनिज गण्डकी प्रदेशका अध्यक्ष, ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’ छनौट समितिका संयोजक रुद्र श्रीस मगरको संयोजकमा गठन गरिएको समितिले झेंडी मगरलाई सिफारिस गरिएको हो । समितिको सदस्यमा राष्ट्रिय कौराहा संरक्षण समितिका अध्यक्ष हर्क आले मगर, रेडियो नेपालका खेम सारु मगर, नेपाल मगर पत्रकारसंघ कास्कीका अध्यक्ष विनुु थापा मगर र सचिव प्रविन मगर रहेका थिए ।
वि.सं. २०७५ सालमा देखि प्रदान गर्दै आएको उक्त पुरस्कार मगर भाषा, रितिरिबाज, संस्कृति र कौराह संरक्षणको लागि कलम चलाउदै आएका पत्रकारहरुलाई हरेक वर्ष प्रदान गर्दै आएको संरक्षण समितिका अध्यक्ष आलेमगरले जानकारी दिए ।
उक्त पुरस्कारबाट कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ), मान बहादुर घर्तीमगर ‘एमवि आस्था’ (कास्की), मनोज घर्तीमगर (कास्की) र खेम सारु मगर (कास्की) पुरस्कृत भइ सकेका छन् ।
नेपाल मगर पत्रकार संघ कास्कीको तेस्रो अधिवेश साउन १५ मा हुने
नेपाल मगर पत्रकार संघ कास्कीको तेस्रो अधिवेश हुने भएको छ । राष्ट्रिय मौलिक कौराह संरक्षक पत्रकारिता पुरस्कार संगै नेपाल मगर पत्रकार संघ कास्कीको तेस्रो अधिवेश यही साउन १५ गते हुने भएको हो । राष्ट्रिय मौलिक कौराह संरक्षक पत्रकारिता पुरस्कार र अधिवेशनको उद्घाटन गण्डकी प्रदेश सांसद तथा पूर्व मन्त्रि माननिय रोशन गाहा मगरले गर्ने कार्यक्रम तय भएको अध्यक्ष विनुु मगरले बताए ।
आजको खबर
Follow Us

भानु जयन्तीको अवसरमा ‘रूपा काव्य’ उत्सव सम्पन्न
२९ असार २०८२, आईतवार १४:२४
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38