
रेडक्रस उपशाखा पोखरा ६ को साधारण सभा सम्पन्न
नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं. ६ वैदाम उपशाखाको १२ औं साधारण सभा मंगलबार सम्पन्न भयो ।

साधारण सभाका प्रमुख अतिथि वडा अध्यक्ष जगतबहादुर पहारीले कार्यक्रमको उद्घाटन गरेका थिए भने बिशेष अतिथि रेडक्रस कास्कीका उपसभापति डण्डराज शर्मा, सदस्य मंगल बहादुर नेपाली, कार्य पालिका सदस्य पुष्पा पहारीले, ताल बाराही माबिका अध्यक्ष कृष्ण न्यौपाने, सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष मिना भट्टराई, नागरिक समाजका संयोजक बिष्णु हरि अधिकारी, नेकपा बासु बराल, नेपाली काँग्रेसका बलराम गिरी, राप्रपाका गणेश बहादुर ढकाल, पश्चिमान्चल होटल संघका उपाध्यक्ष लक्ष्मण सुबेदी, प्रगति आमा समुहकी अध्यक्ष बिष्णु केसिले रेडक्रसले गरेका कार्यहरुको वारेमा वोलेका थिए ।
सभाले सचिव सुर्यनाथ पहारीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कमल भुजेलको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।
सोही अवसरमा १८ जना नयाँ सदस्यहरुलाई अविर र खादा लगाएर रेडक्रस अभियानमा स्वागत गरिएको थियो ।
उपशाखा सभापति गिरिराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उप सभापति उमा भण्डारीले, रेडक्रस सातका सिद्धान्त सदस्य ओम बिक्रम ओझाले र संचालन सचिव सुर्यनाथ पहारीले गरेका थिए ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52