
रेडियो नेपाल प्रादेशिक कार्यालय पोखरालाई उत्कृष्ठ बनाउछु ः प्रमुख गुरुङ
रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश, पोखराकी कार्यालय प्रमुख शान्ति गुरुङले कार्यालय एवम प्रसारण सेवालाई उत्कृष्ठ बनाउने प्रतिवद्धता व्यक्त गर्नुृभएको छ।
नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय, रेडियो प्रसार सेवा विकास समिति, रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश, पोखराको कार्यालय प्रमुखको पदभार ग्रहण गर्नुभएकोमा वरिष्ठ सम्पादक शान्ति गुरुङलाई बुधवार तमु धिं नेपालको बधाई कार्यक्रममा कार्यालय र सेवालाई उदाहरणीय बनाउन समुदाय, संघ संस्थाहरुको साथ सहयोग एवम सहकार्यका लागि आग्रह समेत गर्नुभयो ।

तमु धिं नेपाल, आमा समिति र युवा समितिले कार्यालयमा आई बधाई तथा शुभकामना प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुहुदै कार्यालय प्रमुख गुरुङले २७ वर्षदेखि सेवामा आफ्नो निरन्तरता, सेवारत रहदैको कार्यालय प्रमुख हुने सपना, समुदाय, कार्यरत सहकर्मीहरु, संघ संस्थाहरुको साथ एवम वातावरण र अग्रजको आर्शिवादले समेत आफुले जिम्मेवारी प्राप्त गरेको बताउनुभयो ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बधाई तथा शुभकामना व्यक्त गर्नुहुदै रेडियो, तमु धिं नेपाल र समुदायको सहकार्य गरी अघि बढ्न तमु धि तयार रहेको बताउनुभयो । साथै उहाँले रेडियोमा पहिलो पटक महिला साथै गुरुङ समुदायबाट कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गरेकोमा खुशीका साथ प्रसारण सेवा सबै नेपालीले अपनत्व हुने गरी कार्यालय प्रमुख गुरुङले वातावरण बनाउने विश्वास व्यक्त गर्नुभयो । तमु धि नेपाल केन्द्रिय युवा समितिका अध्यक्ष रमेश गुरुङले बधाई ज्ञापन गर्नुहुदै रेडियोलाई युवा मैत्री बनाउन सुझाव समेत दिनुभयो । तमु धिं नेपाल केन्द्रिय आमा समितिकी अध्यक्ष पवित्र गुरुङले रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालयमा पहिलो पटक महिला कार्यालय प्रमुख हुनुभएकोमा गुरुङलाई बधाई दिनुहुदै महिलासहित समग्रताको आवाजलाई रेडियोले मनन गर्ने अपेक्षा गर्नुभयो ।

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरामा तमु भाषामै सम्पन्न कार्यक्रमको संचालन तमु धिं नेपालकी महासचिव जुनाकुमारी गुरुङले गर्नुृभएको थियो भने तमु धिं नेपाल, आमा समिति र युवा समितिको तर्फबाट बुके, फुल, खादा, घलेक, क्रमुबाट बधाई ज्ञापन गरिएको थियो।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26