ताजा खबर

रोट्रयाक्ट फुटसलको तयारी तीव्र

   ६ चैत्र २०७५, बुधबार २०:००      2,529 views

रोटरीयन स्व. कृष्ण थापाको स्मृतिमा रोट्रयाक्ट क्लव अफ पोखरा मिडटाउनले फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । रोटरी, रोट्रयाक्ट र ईनरह्विल क्लवहरु बीचको भातृत्व विकास गर्ने हेतुले प्रत्येक वर्ष यो प्रतियोगिता सञ्चालन गर्दै आईरहेको छ ।

प्रतियोगिता चैत ९ गते शनिबार हुनेछ भने सहभागी हुन चाहने क्लवहरुले शुक्रबार साँझ ५ बजेसम्म टिम दर्ता गराउन सक्नेछन् । रोट्रयाक्ट क्लव अफ पोखरा मिडटाउनका अध्यक्ष अच्युत पौडेलका अनुसार प्रतियोगितामा जोन ४ का रोट्रयाक्ट क्लवहरु, रिजन ४ का रोटरी क्लवहरु र पोखराका ईनरह्विल क्लवले सहभागिता जनाउन सक्नेछन् ।


यस्तै, रोट्रयाक्ट पुरुष, रोटरी तथा महिला टिमहरुको छुट्टाछुट्टै प्रतियोगिता गराईनेछ । आयोजकका अनुसार रोट्रयाक्ट पुरुषतर्फ टिम दर्ताको लागि ३ हजार रुपैयाँ र महिलातर्फ प्रतिटिम २ हजार रुपैयाँ दर्ताशुल्क तोकिएको छ ।


रोटरीतर्फ भने प्रतिटिमको लागि ५ हजार रुपैयाँ र ईनरह्विल टिमको लागि ३ हजार दर्ताशुल्क तोकिएको छ । प्रतियोगिताको सह आयोजक रोट्रयाक्ट क्लव अफ पोखरा र रोट्रयाक्ट क्लव अफ मणिपाल रहेका छन्, सह प्रायोजक पोखरा यु.पि. भि. सि. उद्योग तथा पुरस्कार प्रायोजन स्व. कृष्ण थापाको परिवारको तर्फबाट रोटरियन डा. पबिन थापाले गरेका छन् । खेल पोखरा भाटभटेनी स्थित स्काई स्पोर्टसमा हुनेछ ।


साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно

Written by Clarissa1170 2024-06-04 19:57:36

Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3 Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3

Written by Abigail73 2024-06-04 19:17:39

Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно

Written by Zachary1566 2024-06-04 18:04:58
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284