
लकडाउनबाट प्रभावित मादीका श्रमिकहरुलाई गाउँपालिकाले राहत वितरण शुरु गरयो
कास्कीको मादी गाउँपालिकाले आइतबारदेखि विपन्न र कठिन अवस्थामा रहेका नागरिकहरुलाई खाद्यान्न राहत उपलब्ध गराएको छ ।

शनिबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले आइतबारदेखि पालिकाको प्रत्येक वडा वडामा पुगेर दैनिक गुजारा चलाउन सकस परेका र असंगठित क्षेत्रमा काम गर्ने श्रमिक तथा असहायहरुलाई खाद्यान्न सामग्री वितरण गर्ने निर्णय गरेको हो ।
पालिकाको निर्णय अनुसार आज पहिलो चरमा मादीको वडा नं ८ र ९ मा राहत वितरण गरेको छ । भोलिबाट क्रमशः अरु वडामा पनि राहत वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
सो कार्यक्रमका लागि गाउँपालिकामा निर्माणाधिन सुपर मादी हाईड्रो पावर लिमिटेडका अध्यक्ष पुष्पज्योती ढुंगानाले रु. १२ लाख ७३ हजार बराबरको खाद्य सामग्री सहयोग गर्नुभएको छ ।
सोही खाद्यान्न पहिलो चरणमा नागरिकलाई वितरण गरिने र राहतका प्यकेजहरु थप गर्दै जाने गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) ले जानकारी दिनुभयो ।
यसबाहेक गण्डकी प्रदेश सरकारले पनि लकडाउनको कारणले दैनिक गुजारा चलाउन नसकेका व्यक्तिलाई लकडाउनको अवधिभर जीवनयापनको लागि राहत उपलब्ध गराउन रु. ५ लाख रुपैयाँ गाउँपालिकालाई उपलब्ध गराउने भएको छ ।
मादी गाउँपालिकाले राहत वितरण गर्नकै लागि प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ । सहयोग गर्न चाहनेले माछापुच्छ्रे बैंकको खाता नं. ८३०१५२४५१४७२९०६४ मा नगद जम्मा गर्न सकिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
साथै उहाँले गापालिाकाको उक्त परोपकारी काममा सक्दो सहयोग गर्न सबैसँग अपिल गर्नुभएको छ ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52