लखन बचत तथा ऋण सहकारी संस्था लि. को १५औं वार्षिक साधारण सभा सम्पन्न
मिना थापा मगर
पोखरा
लखन बचत तथा ऋण सहकारी संस्था लि. को १५औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको ।

सभाका प्रमुख अतिथि गण्डकी प्रदेशका उपसभामुख विना कुमारी थापा मगरले सहकारीको सिद्धान्त र नीति अनुरुप सञ्चालन भएमा सहकारीहरु जोखिममा नपर्ने भनाइ राख्नुभयो । समाजको आर्थिक अवस्थालाई सुधार गर्न, व्यवसायी बन्न र उत्पादनमुखी बनाउनको लागि सहकार्यको आवश्यक रहेको हुनाले धेरैभन्दा धेरै सेयर सदस्यहरु सहकारीमा आवद्ध हुन उहाँले आग्रह गर्नुभयो । सहकारीलाई कस्तो बनाउने भन्ने कुरामा सञ्चालक समितिको मात्र नभई सेयर सदस्यहरुको पनि उत्तिकै भूमिका रहेको उपसभामुख थापा मगरले बताउनुभयो ।
सभामा नेपाल मगर संघ कास्कीका अध्यक्ष रामबहादुर थापा मगर, नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष नुनु राना मगर, जनचेतना विकास केन्द्रका अध्यक्ष सरस्वती रानामगर, मगर बौद्ध सेवा समाज गण्डकी प्रदेशका अध्यक्ष चन्द्र बहादुर मसराङ्गी मगर, समाजसेवी श्याममाया पुन (थापा), नेपाल मगर संघ दिप बगर इकाई समितिका अध्यक्ष बालचन राना मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसै अवसरमा यस वर्षका उत्कृष्ठ कारोवार गर्ने वडा नं. १७ छोरेपाटनका नरमाया थापा मगर र वडा नं. १३ मियापाटनका मधु देवी राना मगरलाई सम्मान गरिएको थियो ।

सभाको बन्दसत्रमा अध्यक्ष पूर्ण बहादुर राना मगरले सहकारीको हालसम्म गरेका गतिविधि प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष झपट बहादुर रानामगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा समितिको प्रतिवेदन याम बहादुर थापा मगरले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रको सञ्चालन सचिव दिलबहादुर श्रीस मगरले गर्नुभएको थियो भने स्वगत मन्तव्य उपाध्यक्ष बुद्धि कुमारी मगरले राख्नुभएको थियो । शिक्षा उपसमितिका सदस्य मिना थापा मगरले सहकारीको सिद्धान्त प्रस्तुत गर्नुभएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38