लमजुङको राईनासकोट सामुदायिक होमस्टे नेपालकै उत्कृष्ट होमस्ट घोषित
लमजुङको ऐतिहासिक राईनासकोटमा रहेको राईनासकोट सामुदायिक होमस्टे यो वर्ष नेपाल भरिकै उत्कृष्ट होम स्टे गाउँ घोषित भएको छ ।
गाउँ पर्यटन प्रबद्धन मञ्च (भिटोफ) नेपालद्धारा घोषत वर्ष गन्तव्यमा परिसकेको राईनास यो वर्ष उत्कृष्ट पर्यटकिय गाउँ घोषित भएको हो । अमेरिकी नागरिक लतासाको सहयोगमा र्निमाण भएको १४ वटा घरमा होमस्टे सञ्चालन भएको हो । उत्कृष्ट दृश्यावलोकन तथा ऐतिहासिक स्थल भएका कारण मानिसहरु राईनासकोटमा भ्रमण गर्न थालेको हुन ।
वर्षेनी राईनास जाने पर्यटकहरुको संख्या वृद्धि हँुदै गएको छ । वर्ष गन्तव्यमा परेपछि झन पर्यटकको ध्यान राईनासमा आर्कर्षित भएको हो । त्यहाँको अतिथि सत्कार तथा होमस्टे परिपरिको वातावरण, साँस्कृतिक प्रस्तुतिहरु पर्यटकले बढी मनपराउने होमस्टे सञ्चालक बिष्णु गुरुङले जानकारी दिनुभयो । राईनासकोटको बारेमा पत्रकार विक्रम न्यौपानेले र्निमाण गरेको भिडियो रिपोर्ट हालै मात्र ग्रामिण पर्यटन विधामा पुरस्कृत भएको थियो । राईनासकोटमा अहिले भिडियो छायाँकन पनि बढ्न थालेको छ । राईनासबाट लमजुङ, गोरखा, तनहँु तथा नारायणी नदी देख्न सकिन्छ भने चारै दिशामा हिमाल हेर्न सकिन्छ ।
यो विधामामा यस अघि लमजुङकै काउलेपानी होमस्टे, कास्कीको कालाबाङ, हेम्जाकोट पुरस्कृत भैसकेका छन । लमजुङ जिल्लाको पुरस्कृत हुने होमस्टेमा राईनासकोट दोस्रो हो । राईनासको लोकप्रियता भिटोफ लगायतका पर्यटन सस्थाहरुको भ्रमण तथा कोटमै गरिएको कार्यक्रमहरुले पनि बढाएको होमस्टे सञ्चालकहरु बताउँछन ।
प्रचार प्रसारमा स्थान पाईरहने राईनासमा गण्डकी प्रदेश सरकारले पनि अनुदान दिएको छ भने संघिय सरकारले पनि यो बर्ष करिव एक करोड बजेट बिनियोन गरेको छ । शाहा वंशिय राजाहरुले राज्य गरेको गढीको रुपमा राईनासकोट लाई चिनिन्छ ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09