
लामाचौरमा जारी विश्वशान्ति ज्ञान यज्ञमा सञ्चारिका गण्डकी समुहलाई सम्मान
पोखरा महानगरपालिका १६ लामाचौरमा गत पुस २२ गतेबाट शुरु भएको श्रीमद् सुर्य पुराण धनुर्मास विश्वशान्ति ज्ञान यज्ञ आज पाँचौ दिन पनि जारी रहेको छ ।

ओम शिवशक्ति कल्याणी केन्द्रद्धारा बाल आश्रमको स्तर उन्नतीको सहयोगार्थ आयोजना गरिएको यज्ञमा हालसम्म १० लाख भन्दा बढी रकम संकलन भएको छ ।
आज पाँचौ दिनको कार्यक्रममा प्रमुख अतिथि रहनुभएका गण्डकी प्रदेशका सांसद दीपक कोइरलाले केन्द्रले आयोजना गर्ने हरेक काममा प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो ।

साथै उहाँले महिलाहरुले नेतृत्व लिएको कुनै पनि विकास निर्माणको कामले सफलता हाँसिल गरेको भन्दै आउने दिनमा महिलाहरुलाई अभैm नेतृत्वदायी भूमिकामा आउन आग्रह गर्नुभयो ।
यसैबीच यज्ञको पाँचौ दिन आज सञ्चारिका समुह गण्डकी प्रदेशको नवनिर्वाचित कार्य समितिलाई सम्मान गरिएको छ ।

प्रमुख अतिथि प्रदेश सांसद दीपक कोइरला र सभापति पुष्पा केसी भण्डारीले सञ्चारिका समुहको टिमलाई स्वागत तथा सम्मान गरेको हो ।

सम्मान ग्रहणपछि बोल्दै सञ्चारिका समुह गण्डकीका महासचिव कविता श्रेष्ठले पवित्र मनले धार्मिक कार्यमा गरेको दानले पुण्य प्राप्ती हुने बताउनुभयो । साथै सञ्चारिकाको नयाँ नेतृत्वलाई गरेको सम्मानप्रति आभार व्यक्त गर्दै उहाँले समाजमा हुने कुनै पनि गतिविधिहरुमा महिला पत्रकारहरुको सक्रिया भूमिका रहने बताउनुभयो ।
कार्यक्रममा मुख्य वाचकको रुपमा संस्कृतिविद तथा धर्मचार्य कृष्ण प्रसाद गुरागाईले कथा वाचन गरिरहनुभएको छ । केन्द्रका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद पुष्पा केसी भण्डारीको अध्यक्षतामा सञ्चालन भईरहेको यज्ञ पुस ३० गतेसम्म जारी रहने छ ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52