ताजा खबर

लायन्स क्लब अफ पोखरा नर्सेसद्वारा जुम्ल्याहा भेला तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

   २३ श्रावण २०८०, मंगलवार १६:२०      514 views


लायन्स क्लब अफ पोखरा नर्सेसले हरेक बर्ष जस्तै यस बर्षको तेस्रो जुम्ल्याहा भेला तथा स्वास्थ्य परिक्षण कार्यक्रम गत गत शनिबार भव्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल विभागका विभागिय प्रमुख स. प्राध्यापक डा. सूर्य हमालले कार्यक्रमको औचित्यबारे बताउनु भएको थियो ।


त्यसैगरी विशिष्ट अतिथिहरुमा डिस्ट्रिक इन्टरनेशनल ३२५ के.का निवर्तमान डिस्ट्रिक गर्भनर लायन राजेन्द्र बाटाजु, डिस्ट्रिक इन्टरनेशनल ३२५ एम. का प्रथम डिस्ट्रिक गर्भनर लायन चण्डी प्रसाद अर्याल तथा अतिथी लायन अर्जुन बहादुर थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।

करिव ३२ जना जुम्ल्याहाहरु सहभागी भएको उक्त कार्यक्रममा सहभागीहरुलाई विभिन्न मनोरञ्जनात्मक खेलकुदका प्रतियोगिताहरु सन्चालन गरि विजेताहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा उपस्थित सहभागीहरुलाई निशुल्क स्वास्थ्य परिक्षणको समेत व्यवस्था गरिएको थियो ।

यस बर्षको लायन्स क्लब अफ पोखरा नर्सेसका अध्यक्ष लायन हेमा गुरुङको अध्यक्षतामा सन्चालन भएको उक्त कार्यक्रमका लायन डा. रत्नशिला वास्तोलाले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284