ताजा खबर

लायन्स क्लब गण्डबीद्धारा ह्वील चेयर वितरण

   २१ पुष २०७५, शनिबार १९:३५      1,642 views

लायन्स क्लब अफ पोखरा गण्डकीको आयोजना मध्यवर्तिै हरियाली युवा क्लबको समन्वयमा कावासोती नगरपालीकाका बिभिन्न ३ वडाका १५ जना अपाङता भएका ब्यक्तिलाई ह्वील चेयर बितरण गरेको छ ।

नगरपालिकाका ६, १५ र १७ वडाका विपन्न परिवारलार्ई शुक्रवार १५ थान ह्वील चेयर बितरण गरेकोे कार्यक्रमका संयोजक डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ बिमला श्रेष्ठले बताईन ।


शुक्तवार स्थानिय शिवशक्ति नवदुर्गा आध्यात्मीक प्रतिष्ठानको प्राङगणमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर अशोक श्रेष्ठ, डिष्टिक्ट क्याविनेट सेक्रेटरी राम बसेल पिआरओ परमेश्वर बराल कार्यक्रमका संयोजक डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ बिमला श्रेष्ठ, क्लबका अध्यक्ष मोना थापालगाएत क्लबका पदाधिकारी लगाएतले ह्वील चेयर बितरण गरेका थिए ।


कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर अशोक श्रेष्ठले दिएर बाँचौ भन्ने मुल मर्मका साथ बिशेष गरि अपाङताको क्षेत्रमा काम गर्नका लागि अपाङता हाम्रो आत्मियता नारालाई बर्ष भरि नै प्राथामिकतामा राखेर कार्य गरेकोमा गण्डकी लायन्स परिवारप्रति धन्यवाद ब्यक्त गरे ।
क्लबका अध्यक्ष मोना थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा डिष्टिक्ट क्याविनेट सेक्रेटरी राम बसेल पिआरओ परमेश्वर बराल, संयोजक डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ बिमला श्रेष्ठ, जोन चेयरपर्सन टंकराज अधिकारी, वडा नं १५ का वडाध्यक्ष देवेन्द्र महतो, समाजसेवि गौरव काफ्ले लगाएतले मन्तब्य राख्नु भएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284