ताजा खबर

लायन्स क्लव अफ युनाइटेड चौतारीद्धारा ह्वील चियर वितरण

   २९ माघ २०७५, मंगलवार १८:५७      2,790 views

लायन्स क्लव अफ युनाइटेड चौतारी पोखराले तनहुको भानु नगरपालिका वडा नम्बर ३ खहरेमा ह्वीलचियर वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच क्लवले खहरेमा ४ थान ह्वील चियर वितरण गरेको हो ।


सो अवसरमा वोल्दै लायन्स क्लव नेपाल डिष्ट्रीक ३२५ बी वान का डिष्ट्रीक गभर्नर अशोक कुमार श्रेष्ठले लायन्स क्लवहरुले विशुद्ध सामाजिक काम गर्ने उद्देश्यले स्थापना भएकाले लायन्स क्लव अफ युनाइटेड चौतारीले पनि आफ्नो सामाजिक काम अन्तर्गत ह्वील चियर वितरण गरेर शारिरीक रुपमा अशक्त भएका ब्याक्तिहरुलाई सहज जीवनयापन गराउन सहयोग पुर्याएकोमा धन्यवाद ब्यक्त गरे ।


सो अवसरमा वोल्दै भानु नगरपालिका वडा नम्बर तीनका अध्यक्ष दल नारायण श्रेष्ठले पोखरामा रहेको लायन्स क्लव युनाइटेड चौतारीले तनहुमा आएर आफ्नो ठाउमा रहेका अशक्त ब्याक्तिहरुलाई ह्वीलचियर वितरण गरेकोमा धन्यवाद ब्यक्त गरे ।

लायन्स क्लव अफ युनाइटेड चौतारीका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जोन चियर पर्सन शुसिला सिग्देल, ह्वील चियर वितरण कार्यक्रमका संयोजक लिला बहादुर जिसी लगायतको उपस्थिती रहेको थियो ।

क्लवका सचिव लालकाजी गुरुङले सञ्चालन गरेको कार्यक्रममा द्धितिय उपाध्यक्ष जयराम आचार्यले स्वागत मन्तब्य ब्यक्त गरेका थिएभने क्लवका पूर्व अध्यक्ष राजु श्रेष्ठले धन्यवाद ब्यक्त गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284