ताजा खबर

लायन्स क्लव अफ स्कूल चौतारीमा पद हस्तान्तरण

   ३१ असार २०७६, मंगलवार १६:१२      1,162 views

निजी विद्यालय संचालकहरुद्वारा स्थापना भएको पोखराको लायन्स क्लव अफ स्कूल चौतारीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।


डिष्ट्रिक ३२५ बी १ का डिपार्टमेन्ट चिफ ला.दिनबन्धु पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन वर्ष २०१८।१९ का अध्यक्ष ला.याम खड्का, सचिव ला.शिवराज पौडेल र कोषायध्यक्ष ला.रुद्रप्रसाद अधिकारीले नवनिर्वाचित सचिवका अध्यक्ष ला.राम थापा, सचिव ला.रुद्रप्रसाद अधिकारी र कोषाध्यक्ष ला.सञ्जय पौडेललाई आफ्नो कार्यभार हस्तान्तरण गर्नुभएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि डिपार्टमेन्ट चिफ ला.दिनबन्धु पौडेलले ला.याम खड्का, ला.राम थापा, ला.हेमन्त अधिकारीलाई सफल कार्यकालको प्रसंसा गर्दै अन्तर्राष्ट्रिय पिनद्वारा सम्मान गर्नुभएको थियो ।


कार्यक्रममा जोन ८८ का जोन चियरपर्सन ला.सुदीप पौडेल, मदर लायन्स क्लव अफ पोखरा गोल्डेन चौतारीका अध्यक्ष ला.लक्ष्मी नारायण देवकोटा लगायतले धन्यवाद एवं नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभएको थियो नवनिर्वाचित अध्यक्ष राम थापाले आफूलाई सहयोग पु¥याउने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकालमा रचनात्मक तथा सेवात्मक कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने बताउनुभयो ।


लायन वर्ष २०१८।१९ का अध्यक्ष ला.याम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष ला.तिलक अधिकारी र संचालन सचिव शिवराज पौडेलले गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284