ताजा खबर

लिबियामा फसेका नेपालीलाई सेनाको क्याम्पमा ल्याउने तयारी

   २४ बैशाख २०७६, मंगलवार २१:३६      2,318 views

इजिप्टस्थित नेपाली दूतावासले द्वन्द्वग्रस्त लिबियामा फसेका २२ नेपालीलाई उद्धार गर्न शान्ति मिसनमा खटिएका नेपाली सेना र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) लाई अनुरोध गरेको छ । द्वन्द्वग्रस्त क्षेत्रमा लिबिया सरकारको प्रभावकारी उपस्थिति नहुँदा उनीहरूलाई उद्धार गर्न कठिनाइ भएको हो ।

संयुक्त राष्ट्रसंघका अनुसार राजधानी त्रिपोलीमा मानवीय अवस्था जोखिमपूर्ण बन्दै गएको छ। दूतावासले फसेका नेपालीलाई सुरक्षाका लागि नेपाली सेनाको क्याम्पमा ल्याएर राख्ने प्रयास भइरहेको जनाएको छ। लिबियाको अल साही समूह कम्पनीमा कार्यरत १५ जना र इटली छिर्न जान लागेका ९ जना नेपाली फसेका हुन्।


‘त्यहाँ फसेका २२ जनासँग दूतावास नियमित सम्पर्कमा छ। उनीहरूका लागि गत बिहीबार नै ट्राभल डकुमेन्ट जारी भइसकेको छ,’ लिबिया मामिला हेर्ने कायरोस्थित नेपाली दूतावासका प्रवक्ता सुजन बिडारीले कान्तिपुरसित भने, ‘उनीहरूलाई सकुशल नेपाली सेनाको क्याम्पभित्र ल्याएर राख्ने प्रयास भइरहेको छ। त्यसका लागि लिबियामा रहेको नेपाली शान्ति सेनाको प्रमुखसँग समन्वय गरिरहेका छौं।’


रूपन्देहीका गणेश थापामगर, पूर्णबहादुर गुरुङ, बुद्धिबहादुर अधिकारी क्षत्री, लमजुङका अमृत गुरुङ, दाङका भुवन आचार्य, सुनसरीका राजु विष्ट, सनम विश्वकर्मा, गुप्तबहादुर विक, सिन्धुपाल्चोकका कृष्ण कोइराला, शेखर खरेल, जयराम धामी, अजयकुमार चौधरी, मनोहर कार्की र प्रकाश विश्वकर्मा अलसाही कम्पनीमा काम गर्न पुगेका थिए। उनीहरूलाई एजेन्टले भिजिट भिसामा अवैध ढंगले गत सेप्टेम्बर लिबिया पुर्‍याएको थियो। ‘उहाँहरू बढी जोखिममा परेको देखिन्छ। कम्पनीको बासस्थानबाट झिक्न नेपाली शान्ति सेनाले प्रयास गरिरहेको छ,’ बिडारीले भने। उनीहरूलाई पठाउने एजेन्ट दीपक श्रेष्ठ, श्याम श्रेष्ठ, केशव लम्साल, अमरबहादुर बगाले, राहुल विश्वकर्मा, तिलक केसी, लोकनाथ राई र शेखरनाथ पुडासैनी थिए।


साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284