
लुक्लामा विमान दुर्घटना : कोपाइलट र असईको ज्यान गयो
सोलुखुम्ब : लुक्ला विमानस्थलमा समीट एयरको विमान मनाङ एयरको हेलिकोप्टरमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा विमान र हेलिकोप्टरका पाइलट छन् । बिहान ९ बजेर १० मिनेटमा काठमाण्डौका लागि उड्न लागेको विमान धावनमार्गबाट चिप्लिएर रोकिराखेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किँदा विमानका कोपाइलट सुजित ढुंगाना र धावनमार्गमा ड्युटीमा खटिएका प्रहरी असई रामबहादुर खड्काको ज्यान गएको हो ।
घाइते हुनेमा ड्युटीमै खटिएका प्रहरी असई रुद्रबहादुर श्रेष्ठ, समीट एयरका पाइटल रवीनाथ रोकाया र मनाङ एयर हेलिकोप्टरका पाइटल चेतबहादुर गुरुङ रहेका छन् । घाइते पाइटल रोकाया र सुरक्षाकर्मी श्रेष्ठलाई सिम्रिक एयरको हेलिकोप्टरमा उपचारका लागि काठमाण्डौको शिक्षण अस्पताल पठाइएको छ ।
हेलिकोप्टरका पाइलट चेतबहादुर गुरुङलाई भने मनाङ एयरकै हेलिकोप्टरबाट शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते तीनै जनाको अवस्था गम्भिर रहेको छ ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52