ताजा खबर

लुगा धुन गएकी बालिका बलात्कृत

   ३ पुष २०७५, मंगलवार ०८:३३      1,271 views


पुस २, लमजुङ —
लुगा धुन खोलामा गएकी एक १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । राम्ररी बोल्न समेत नसक्ने ती बालिकालाई ललाइफकाई जबर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । दोर्दी गाउँपालिका(३ मालागिरीस्थित किसिदी खोलामा लुगा धुन गएकी बालिका साँझ साँढे ६ बजेतिर बलात्कृत भएको प्रहरीले जनाएको छ ।
बलात्कारको आरोपमा नुवाकोट जिल्ला ककनी गाउँपालिका(६ का २३ वर्षीय विशाल तामाङ र उनका साथ रहेका नुवाकोट ककनीकै १९ वर्षीय राजकुमार तामाङलाई पक्राउ गरिएको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले बताए । शनिबार साँझ घटना घटेको र आइतबार बिहान ती दुई युवकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको उनले बताए ।
प्रहरीका अनुसार लुगा धुन गएकी ती बालिकाको रिबन लुकाउँदै(देखाउँदै गरी जंगलतिर लागेपछि बालिकाले उनीहरुलाई पछ्याएकी थिइन् । प्रहरीका अनुसार विशाल ट्रक चलाउने ड्राइभर हुन भने राजकुमार सहयोगी हुन् ।उनीहरुलाई आइतबार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको डीएसपी यादव ढकालले बताए ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284