
लेखनाथ महोत्सव पुस ५ देखि १६ गतेसम्म हुने
१९ मंसिर
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ १५औं संस्करणको लेखनाथ महोत्सव आगामि पुसको ५ गतेदेखि हुने भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ र लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुँदै आएको लेखनाथ महोत्सवको १५ औं संस्करण पुस ५ देखि १६ गतेसम्म हुने भएको हो ।
लेखनाथमा बुधबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवमा रहने करिब ३ सय ५० स्टल मध्ये ७५ प्रतिशत बुकिङ भइसकेको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ । संघका अनुसार महोत्सवमा स्थानीय उत्पादन, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, खाना लगायतको प्रदर्शनी गरिनेछ । त्यस्तै ख्याती प्राप्त कलाकारहरुको दोहोरी, पप कन्सर्ट, हास्य प्रहसन रहने आयोजक लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले जानकारी दिनुभयो । महोत्सवमा वाल उद्यान, खाना महोत्सव र सुन्तला प्रदर्शनी विशेष आकर्षणको रुपमा रहनेछन् । महोत्सवले आर्थिक, समाजिक, कृषि र पर्यटनको विकासमा टेवा पुग्ने संघका अध्यक्ष भण्डारीको भनाई रहेको छ ।
महोत्सवको अवसरमा कवि शिरोमणि लेखनाथ पौड्यालको सम्मानमा देशव्यापी कविता प्रतियोगिता, नवप्रतिभाको खोजी गर्ने गायन प्रतियोगिता ‘गण्डकी तारा’लाई यस वर्षपनि समावेश गरिएको छ । लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सव बनाउने आफूहरुको लक्ष्य रहेको उहाको भनाई थियो । महोत्सव अबधिभर तीन लाख दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26