ताजा खबर

ल्वाङमा २८औँ चैते दशैँ मेला सम्पन्न, पुरुष भलिबलको उपाधि घान्दु्रकलाई

   २७ चैत्र २०७५, बुधबार १८:३८      2,478 views


सुशान्त गाहा मगर

कास्कीको पर्यटकिय ल्वाङ गाउँमा सम्पन्न ‘२८ औँ चैते दशैँ मेला २०७५’ मा गाँउ स्तरिय पुरुष भलिबलको उपाधि अन्नपुर्ण युवा क्लब घान्दु्रकले जितेको छ ।

बुधबार शहिद हरि प्रसाद गुरुङ स्मृति खेल मैदानमा सम्पन्न फाईनल खेलमा जुरे भुमी युुवा क्लब तप्राङलाई २५–२०, २५–२१ र २५–२३ को सोझो सेटले पाखा लगाउदै घान्दु्रकले उपाधि जितेको हो ।


कुल २८ टिमलाई पछि पार्दै उपाधि जितेको घान्दु्रकले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ६० हजार प्राप्त ग¥यो भने उपाबिजेता टिम तप्राङले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ४० हजारमा चित्त बुझायो ।

प्रतियोगिताबाट उत्कृष्ट खेलाडीको रुपमा अन्नुपुर्ण युवा क्लबका अनिल घमाल घोषित भए । त्यसैगरी उत्कृष्ट सेटरका रुपमा अनिश गुरुङ, उत्कृष्ट क्वीकरको रुपमा सोही क्लबकै आकाश घमाल, उत्कृष्ट ब्लकरको रुपमा तप्राङका सन्तोष देवकोटा र उत्कृष्ट स्पाईकरको रुपमा सोही टिमकै मिलन सेवा घोषित हुदै आकर्षक ट्रफिको हकदार बने ।


त्यसैगरी महिला तर्फ सिरुपाते गाईज घान्द्रुकलाई १६–२५, २५–१८, २५–२० र २५–१६ को सेटले पराजित गर्दै युनाईटेड पोखरा बिजयी बन्यो । बिजयी टिम युनाईटेड पोखराले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २६ हजार हात पा¥यो । त्यस्तै उपबिजेता टिम घान्दु्रकले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १६ हजार प्राप्त ग¥यो ।


प्रतियोगिताबाट उत्कृष्ट खेलाडीको रुपमा युनाईटेड पोखराका सस्मिता पुन घोषित भए । त्यसैगरी उत्कृष्ट स्पाईकरको रुपमा सोही टिमकै सृजना पुन, उत्कृष्ट सेटर निरु पुन र उत्कृष्ट डिफेण्डरको रुपमा सिरुपाते गाईजका ममता पाईजा घोषित हुदै ट्रफि प्राप्त गरे । गत २३ गते देखी सञ्चालनमा रहेको मेलामा मेच घुमाई, बेलुन फुटाई, तथा मकै गन्ने लगायतका प्रतियोगिताहरु समेत समाबेश गरिएको थियो ।


बिभिन्न प्रतियोगितको बिजेता तथा उपबिजेता टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, क्लबका अध्यक्ष दिपक गुरुङ, प्रतियोगिताका मुख्य प्रायोजक समाजसेवी हितकाजी गुरुङ, फोनिज कास्कीका निबर्तमान अध्यक्ष हुम बहादुर गुरुङ लगायतले पुरस्कार बितरण गरेका थिए ।

सो अबसरमा बोल्दै मुख्यमन्त्री गुरुङले बिजयी टिमलाई बधाई तथा शुभकामना ब्यक्त गरे । उनले सो मेला २८ औं संस्करण सम्म आईपुग्दा गाउँको चिनारीमा थप टेवा पु¥याएको उल्लेख गरे । उनले गण्डकी प्रदेश पर्यटन, कृषि तथा उर्जाको बिकास हुन सकेको खण्डमा प्रदेशले सहजै समृद्ध हाँसिल गर्न सक्ने बताउदै सोही अनुरुप अगाडी बढेको उल्लेख गरे ।


मुख्यमन्त्री गुरुङले खेकलुदको माध्ययबाट ल्वाङ गाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन मद्दत पुग्ने बताउदै अझ प्रबद्र्धका निम्ति प्रदेश सरकारको सहयोग रहने समेत धारणा ब्यक्त गरेका थिए ।


सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस कास्की सभापति कृष्ण केसी, माछापुच्छ«े गाउँपालिका –८ का अध्यक्ष कृष्ण दवादी, प्रेस युनियन नेपालका सदस्य सरस्वती गुरुङ लगायतले बोलेका थिए भने भुजुङ याजम्रो डान्स ग्रुपले बिबिध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेको थियो ।


ग्रीनहिल युवा क्लबका अध्यक्ष दिपक गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रमका उपसंयोजक भरत गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने संचरकर्मी सम्रात गुरुङले कार्यक्रम सञ्चालन गरको थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284